
१प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
३रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
४नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
५प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
६सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
९हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वालिङ । आलुखेतीको विस्तारका लागि स्याङ्जाको भीरकोट नगरपालिकाले आलु पकेटक्षेत्र घोषणा गरी काम थालेको छ । नगरपालिकाले आलुखेती हुने ठाउँलाई १२ वटा पकेट क्षेत्रमा वर्गीकरण गरी व्यावसायिक उत्पादनमा जोड दिएको हो ।
नगरपालिकाभित्रका किसानलाई आवश्यक पर्ने आलुका बिउ तथा बिक्रीका लागि आलु उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले पकेट क्षेत्रमा ५० प्रतिशत अनुदानमा आलुको बिउ उपलब्ध गराएको भीरकोट नगरपालिकाका कृषि समिति संयोजक एवं नगर प्रवक्ता दीपेन्द्र क्षेत्रीले बताउनुभयो ।
“आलु उत्पादनका दृष्टिले भीरकोट उर्वरभूमि पनि हो, निर्वाहका लागि गरिँदै आएको खेती प्रणालीलाई आधुनिकीकरण र व्यावसायिकतातर्फ अगाडि बढाउनका लागि आलु पकेटक्षेत्र निर्धारण गरेर काम थालेका छौँ” संयोजक क्षेत्रीले भन्नुभयो, “पकेट क्षेत्रमा रहेका किसानले सामूहिक वा व्यक्तिगतरूपमा आलु लगाउने कार्य अहिले भइरहेको छ ।”
नगरपालिकाले १२ वटा आलु पकेट क्षेत्रका किसानलाई २० टन आलुको बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको संयोजक क्षेत्रीले बताउनुभयो । किसानले उत्पादन गरेको बिउ आलु तथा खानका लागि उत्पादन गरिएको आलुको बिक्री वितरणको समस्या भएमा त्यसको व्यवस्थापन नगरपालिकाले गरिदिने संयोजक क्षेत्रीले बताउनुभयो ।
नगरपालिकाले किसानलाई ‘जनकदेव’ र ‘कार्डिनल’ जातका आलुको बिउ अनुदानमा वितरण गरेको हो । “आलु पकेट क्षेत्रभित्रका इच्छुक किसानले समूहमार्फत वा व्यक्तिगतरूपमा पनि आलुखेती गर्न सक्नुहुनेछ”, संयोजक क्षेत्रीले भन्नुभयो, “इच्छुक व्यक्ति वा समूहले वडाको सिफारिससहित आएको खण्डमा ५० प्रतिशत अनुदानमा बिउ प्राप्त गर्न सक्नेछन् ।”
भीरकोट ५ को पकान फाँटमा बिउका लागि मात्रै करिब ३५ रोपनी क्षेत्रफलमा समूहमार्फत आलु लगाइएको किसान रामकृष्ण अर्यालले बताउनुभयो । सोही ठाउँमा व्यक्तिगत र सामूहिकरूपमा आलु लगाउनका लागि पाँच वटा पकेट क्षेत्र रहेका छन् । करिब २०० किसानले सामूहिक र व्यक्तिगतरूपमा २१८ रोपनी क्षेत्रफलमा आलुखेती गरेको किसान अर्यालले बताउनुभयो ।
“अहिले सबै किसान खेतमा आलु लगाउनमै व्यस्त हुनुहुन्छ”, किसान अर्यालले भन्नुभयो, “यहाँ शुद्ध बिउ आलु र खानका लागि छुट्टाछुट्टै पकेट क्षेत्रमा आलु लगाइएको छ ।” यस क्षेत्रमा आलु धेरै मात्रामा उत्पादन हुने भएकाले आलु खनेपछि ‘आलु महोत्सव’ गर्ने र त्यहीँबाट आलुको खरिद बिक्री गर्ने व्यवस्था मिलाउने किसान अर्यालको भनाइ छ ।
भीरकोट–२ को दहफाँटमा पनि २८ रोपनी क्षेत्रफलमा सामूहिक र व्यक्तिगतरूपमा आलुखेती थालिएको छ । दहफाँटमा ९० किसानले २४ क्विन्टल आलु लगाउने भएका छन् । आलु उत्पादन भएपछि सक्नेजति बिक्री वितरण गर्ने र नसकेको नगरपालिकाले बिक्री वितरणको व्यवस्था मिलाइदिने भएकाले किसान उत्साहित भएर व्यावसायिकतातर्फ आकर्षित भएको दहफाँटका आलु खेतीमा संलग्न किसान मीनबहादुर अधिकारीले बताउनुभयो ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !