
१काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
२कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
३स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
४नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
८सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
९मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१०गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
११तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
१२लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
१०सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
पोखरा, २५ भदौं । जेन जी (नयाँ पुस्ता)को भ्रष्टाचारविरुद्धको आन्दोलन दोस्रो दिनमा पोखरामा थप उग्र बनेको छ। । राज्यद्वारा १९ जना युवाहरुको नरसंहारपछि आक्रोशित बनेका प्रदर्शनकारीहरुले नेताहरुका घर, होटल, शोरुम, सरकारी कार्यालय र प्रहरी चौकीहरुमा व्यापक तोडफोड र आगजनी गरेका छन्।
आन्दोलनकारीहरुले नेपाली काँग्रेसका नेता विन्दुकुमार थापा, नेकपा एमालेका नेता खगराज अधिकारी, राजिव पहारी, प्रकाश केसी (पूर्वमण्डले, हाल एमाले), पोखराका मेयर धनराज आचार्य, एमाले नेता भरत पहारी, तीर्थराज अधिकारी (पोखरा–१७ का पूर्ववडाध्यक्ष), तेजनारायण अधिकारी (एमाले कास्कीका पूर्वउपाध्यक्ष) लगायतका नेताहरुका घरमा तोडफोड र आगजनी गरेका छन्।

जेन जी (नयाँ पुस्ता)ले नेता विन्दुकमार थापाको दाजुभाइको घरमा मंगलबार गरेको आगजनी ।
त्यसैगरी, होटल व्यवसायी जितु गुरुङको बरपिपल रिसोर्ट, मिनबहादुर गुरुङको भाटभटेनी डिपार्टमेन्टल स्टोर (पोखरा न्यूरोड), भरत पहारीको होटल सरोबार, विन्दुकुमार थापाको लेकसाइडस्थित होटल बगैंचा र नयाँबजारको निवास, बतास ग्रुपको गाडी शोरुम, ध्रुव थापाको गाडी शोरुम लगायतमा पनि आगजनी र तोडफोड भएको छ।

जेन जी (नयाँ पुस्ता)ले जिल्ला अदालत कास्कीमा गरेको आगजनी ।
प्रदर्शनकारीहरुले पोखरास्थित गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालय, गण्डकी प्रदेश सभा, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला अदालत कास्की, गण्डकी प्रदेश प्रमुखको कार्यालय, मालपोत कार्यालय, वन तथा वातावरण मन्त्रालय, राजस्व कार्यालय, कास्की कारागार, उच्च अदालत पोखरा, सडक डिभिजन कार्यालय, शिक्षा विकास निर्देशनालय, शिक्षा विकास तथा समन्वय इकाई लगायतका सरकारी कार्यालयहरुमा आगजनी र तोडफोड गरेका छन्। त्यस्तै, जिल्ला प्रहरी कार्यालय कास्की, छोरेपाटनको अस्थायी प्रहरी विट, बगरको प्रहरी चौकी, नदीपुरको अस्थायी प्रहरी विट र डाँडाको नाक प्रहरी चौकीमा पनि व्यापक क्षति पुर्याइएको छ।
जेन जी आन्दोलनका क्रममा पोखरामा विभिन्न व्यवसायी र नेताहरुसँग सम्बन्धित अन्य शोरुम र सम्पत्तिमा पनि तोडफोड र आगजनी भएको छ। नयाँबजार, लेकसाइड, र अन्य प्रमुख व्यापारिक क्षेत्रमा रहेका भाटभटेनी डिपार्टमेन्टल स्टोर, पोखराका मेयर धनराज आचार्यको पोखरा इभेन्ट सेन्टर, विभिन्न गाडीका शोरुम र रिसोर्टहरुमा आन्दोलनकारीहरुले आक्रमण गरेका छन्। विशेषगरी, भ्रष्टाचारमा संलग्न भएको आरोप लागेका व्यक्तिहरुका सम्पत्तिहरु निशानामा परेका छन्।

जेन जी (नयाँ पुस्ता)ले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पोखरा इभेन्ट सेन्टरमा गरेको आगजनी ।
आन्दोलनको दोस्रो दिन पोखराका अधिकांश सरकारी र निजी सम्पत्तिहरु ध्वस्त भएका छन्। आन्दोलनकारीहरुले भ्रष्टाचार र राज्यको दमनविरुद्धको आक्रोशलाई लक्षित गरी यस्ता कदम चालेको बताएका छन्। यो आन्दोलनले पोखराको सामाजिक, आर्थिक र प्रशासनिक क्षेत्रमा ठूलो प्रभाव पारेको छ।

पूर्वमण्डले एवम् हाल नेकपा एमालेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश केसी जसले सुकुम्वासीका नाममा सार्वजनिक सम्पत्ति अतिक्रमण गरेर घर बनाएका थिए । त्यसमा जेन जीहरुले आन्दोलनको दोस्रो दिन राति मंगलबार आगजनी गरिदिएका छन् ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन