
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
दुई हटलाइन नम्बर (०१–५९७९२२३ र ०१–५९७९२२४) जारी गर्दै सहयोगका लागि सम्पर्क गर्न आह्वान
काठमाडौं, २४ भदौं। जेनजी युवाको भ्रष्टाचारविरोधी प्रदर्शनपछि देशभर उत्पन्न अराजक परिस्थितिलाई नियन्त्रण गर्न नेपाली सेनाले सक्रिय पहल थालेको छ। मंगलबार राति १० बजेदेखि शान्ति र सुरक्षा कायम गर्न सेना देशभर परिचालन भएको छ। सेनाले अराजक गतिविधि रोक्न कडा चेतावनी दिँदै जनताको सुरक्षाका लागि दृढतापूर्वक खटिने प्रतिबद्धता जनाएको छ।
सैनिक मुख्यालय जंगीअड्डामा मध्यराति जेनजी प्रतिनिधिहरूसँग प्रारम्भिक छलफलको तयारी भइरहेको सैनिक स्रोतले पुष्टि गरेको छ। स्रोतका अनुसार, प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटेर जेनजी अभियन्ताहरूले आफ्ना माग र धारणा राख्ने छन्। एक अभियन्ताले जंगीअड्डाबाट छलफलको लागि बोलाएको र सेनाका कुरा पनि सुन्न तयार रहेको बताए। यद्यपि, सेनाका एक उच्च अधिकृतले यो छलफललाई औपचारिक वार्ता नभई जेनजीका माग बुझ्ने प्रारम्भिक प्रयासका रूपमा स्पष्ट पारे। औपचारिक वार्ता भने भोलि राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हुने बताइएको छ।
सोमबारको आन्दोलनमा डेढ दर्जनभन्दा बढी युवाको ज्यान गएपछि मंगलबार प्रदर्शन थप चर्किएको थियो। आन्दोलनका क्रममा शीर्ष नेताहरूको घर, संवैधानिक निकाय, सरकारी कार्यालय र निजी व्यावसायिक भवनहरूमा आगजनी र लुटपाट भएको छ। यस्ता गतिविधि मंगलबार रातिसम्म पनि नरोकिएको सेनाले जनाएको छ।
यसैबीच, नेपाली सेनाले बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुट्ने प्रयास गर्ने पाँच जनालाई पक्राउ गरेको छ। आपराधिक गतिविधि नियन्त्रण गर्न सेनाले देशभर उच्च सतर्कता अपनाएको छ र दुई हटलाइन नम्बर (०१–५९७९२२३ र ०१–५९७९२२४) जारी गर्दै सहयोगका लागि सम्पर्क गर्न आह्वान गरेको छ।