News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

कास्की कारागारबाट ७७३ कैदीबन्दी भागे

कास्की कारागारबाट भाग्दैं गरेका कैदीबन्दीहरु ।

पोखरा, २४ भदौं । कास्की कारागारबाट ठूलो संख्यामा कैदीबन्दी भागेका छन्। प्रहरी स्रोतका अनुसार, जेनजी आन्दोलनकारीको सहयोगमा कैदीबन्दीहरूले कारागार तोडफोड गरी भागेका हुन्। कास्की कारागारमा ७७३ कैदीबन्दी रहेका छन्।

जेनजी प्रदर्शनकारीहरूले सरकारी कार्यालयहरूमा आगजनी गर्दै कारागारबाट कैदीबन्दी भगाउने योजना बनाएको सूचना प्रहरीलाई प्राप्त भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो। तर, बेलुका जेनजी समूहको सहयोगमा कैदीबन्दीहरूले कारागारको सुरक्षा तोडेर भागे। आन्दोलनकारीहरूले कारागारमा खटिएका केही प्रहरीमाथि कुटपिटसमेत गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, “आन्दोलनकारीहरू कारागारभित्र प्रवेश गरी तोडफोड गरे, र भित्रबाट कैदीबन्दीहरू पनि उत्रिएपछि उनीहरूले कारागार तोडेर भागे।”