
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
पोखरा, १२ भदौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारको तयारी तीव्र भएको छ। सिचुवान एयरलाइन्सले पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार, सेप्टेम्बरबाट उडान सुरु गर्ने योजनासहित अनौपचारिक छलफल भएको छ। औपचारिक प्रक्रिया पूरा भएपछि उडान तालिका पेस हुने अपेक्षा छ। यो उडानले अष्ट्रेलिया आवतजावत गर्ने नेपालीलाई सहज हुने विश्वास छ। सिचुवानले यसअघि २०८० असारमा चार्टर्ड उडानमार्फत पोखरामा सेवा दिएको थियो।
यसैबीच, भूटान एयरलाइन्सले पनि पोखराबाट पारोका लागि सेप्टेम्बर २८ र अक्टोबरमा चार्टर्ड उडानको अनुमति मागेको छ। नियमित उडान सफल भएमा पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो रुटमा ‘फिफ्थ फ्रिडम फ्लाइट’ सञ्चालन गर्ने योजना छ। हाल हिमालय एयरलाइन्सले मात्र पोखरामा हप्तामा एक दिन काठमाडौँ–ल्हासा–पोखरा रुटमा नियमित उडान गरिरहेको छ।
भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले विन्टर सिजनबाट नियमित उडान पुनः सुरु गर्ने तयारी गरेका छन्। थाई एयर एसियाले अक्टोबर २६ बाट हप्तामा दुई उडान गर्ने योजना बनाएको छ। जजिराले यसअघि दुईपटक भैरहवाबाट उडान गरेर स्थगित गरेको थियो। हाल भैरहवामा नेपाल एयरलाइन्सको उडान भने विमान अभावले रोकिएको छ।
पोखरा विमानस्थल २२ अर्ब लागतमा बनेको हो र वार्षिक आठ लाख यात्रुको क्षमता राख्छ। यो विमानस्थल २०७९ पुस १७ मा उद्घाटन भएको थियो। यस्तै, भैरहवा विमानस्थल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि सञ्चालनमा आएको हो। सरकारले यी दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न ल्यान्डिङ, पार्किङ, न्याभिगेसन र यात्रु सेवा शुल्कमा पूर्ण छुट तथा ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुट दिएको छ। यो सुविधा २०८१ साउन २८ देखि लागू भएको हो।
नेपालले ४२ मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ। प्राधिकरणका अनुसार, चार्टर्ड उडानका लागि अनुमति सहज छ, तर नियमित उडानका लागि पोखरा र भैरहवालाई आधार बनाएर थप सम्झौता पुनरावलोकन गरिनेछ। यी उडानहरूले दुवै विमानस्थलको व्यावसायिक उपयोगिता बढ्ने र पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर