News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण अब जिल्ला प्रशासन कार्यालयबाट

काठमाडौं, २१ साउन । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण कार्य स्थगित गरेको छ। मंगलबार जारी सूचनाअनुसार, छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा भएको संशोधनले अब यस्ता सञ्चारमाध्यमको दर्ता जिल्ला प्रशासन कार्यालयमार्फत हुने व्यवस्था गरेको छ।

विभागले अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम सञ्चालन हुँदै आएको दर्ता र नवीकरण कार्य नयाँ कानुनी व्यवस्थासँग तादम्यता कायम गर्न अस्थायी रूपमा रोकिएको जनाएको छ। संशोधित ऐनको दफा ७(ख) अनुसार अनलाइन सञ्चारमाध्यम दर्ता अनिवार्य छ। इच्छुक व्यक्तिले तोकिएको दस्तुरसहित स्थानीय प्रशासन कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।

राजपत्रमा प्रकाशित सूचनालाई आधार मानेर यो व्यवस्था लागू गरिएको विभागले उल्लेख गरेको छ।