
१सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
३कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
४हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
५किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
६लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा, १९ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पोखरामा आयोजित रिसाइक्लिङ तथा अपसाइक्लिङ (आरयू) फेस्टको अवलोकन गरेकी छन्। मन्त्री नियुक्तिपछि पहिलो पटक पोखरा पुगेकी उनले शनिबार पोखरा इभेन्ट सेन्टरमा आयोजित फेस्टको अवलोकन गरिन्। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कोइका र यूएनडीपीका प्रतिनिधिहरूले उनको स्वागत गरे।
फेस्टमा पुराना प्लास्टिक, सिसा, कपडा आदि फोहोरबाट बनाइएका सामग्रीहरू प्रदर्शन गरिएको थियो। मन्त्री न्यौपानेले फोहोर व्यवस्थापनसँगै हरित रोजगारी सिर्जना भएकोमा प्रशंसा गर्दै भनिन्, “यो फेस्टले फोहोर व्यवस्थापन मात्र होइन, रोजगारी सिर्जनाको उदाहरण पनि प्रस्तुत गरेको छ। यो परियोजना नेपालका अन्य सहरका लागि पनि अनुकरणीय बन्न सक्छ।” उनले फेस्टमा सहभागी आरयू उद्यमीहरूलाई प्रोत्साहनसमेत गरिन्।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा पोखरा महानगरपालिकाले सञ्चालन गरेको ‘रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना’ परियोजना (जीसीआरयू) अन्तर्गत यो फेस्ट शुक्रबारदेखि सुरु भएको थियो।
फेस्टको अन्तिम दिन शनिबार उत्पादकहरूलाई फोहोर व्यवस्थापनप्रति जिम्मेवार बनाउन संवाद सत्र आयोजना गरियो। अनिल चित्रकारले ‘हरित चक्रीय अर्थतन्त्रमा उत्पादकको विस्तारित उत्तरदायित्व’ विषयमा उद्योग वाणिज्य संघ, वातावरणविद् र व्यवसायीहरूसँग छलफल चलाए।
फेस्टमा कम गुणस्तरका प्लास्टिकबाट घरायसी सामान, काठको विकल्पमा रिसाइकल प्लास्टिक, र प्लास्टिकबाट कालोपत्र बनाउने प्रविधिको प्रदर्शन गरियो। फोहोरबाट निर्मित कपडा र अन्य सामग्रीहरू पनि प्रदर्शनीमा राखिए। दुई दिनसम्म चलेको फेस्टमा करिब ५ हजार जनाले अवलोकन गरे। फेस्टको उद्घाटन शुक्रबार मेयर आचार्य, कोइकाका कन्ट्री डिरेक्टर मोहेओन कोङ र यूएनडीपीका प्रतिनिधि जुलियन चेभीलार्डले गरेका थिए।
फेस्टमा नवप्रवर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्राविधिक डेमो, जलवायु, दिगो पर्यटन, हरित उद्यमशीलता, प्लास्टिक टू रोड प्रविधि, युवा कार्यशाला, सार्वजनिक कला प्रदर्शनी र दक्षिण कोरियाको अनुभवबारे विशेष संवाद सत्रहरू सञ्चालित भए।
परियोजना अन्तर्गत कोइकाको ९.८ मिलियन र यूएनडीपीको ०.८७ मिलियन अमेरिकी डलर सहयोगमा पोखरामा ग्रिन भेन्चर जोन (जिभिजेड) सेन्टर निर्माण भइरहेको छ। महानगरपालिका क्षेत्रमा १३६ सामुदायिक समूहलाई तालिम र प्राविधिक सहयोग प्रदान गरिएको छ। मेयर आचार्यले भने, “यो परियोजनाले युवालाई रोजगारीमा जोड्नुका साथै हरित अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नेछ।”
यो परियोजनाले फोहोर व्यवस्थापनमार्फत हरित रोजगारी र चक्रीय अर्थतन्त्रको प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ। महानगरपालिकाले दिगो नीतिमार्फत परियोजनाको स्वामित्व लिनेछ र आगामी दुई वर्षमा ३ हजार रोजगारी सिर्जना गर्ने योजना छ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !