
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२चुनावी मैदानमा विप्लव
३राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
९माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१०रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
११प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
शाह परिवारको हकमा आएको जग्गा पास गर्न बिचौलियाले मन्त्रीदेखि कर्मचारीसम्मलाई मिलाउने जिम्मा लिएको र मालपोत प्रमुख चिरञ्जिवी पौडेलले हवाई टिकटदेखि अन्य सुविधा लिएको खुलासाले यो प्रकरणलाई थप रहस्यमय बनाएको छ।
पोखरा, १५ साउन । पोखराको बाटुलेचौरमा रहेको १३५ रोपनी जग्गा घोटाला प्रकरणमा मालपोत कार्यालयका प्रमुख चिरञ्जिवी पौडेल पनि संलग्न रहेको पुष्टि भएको छ । तत्कालिन कार्यालय प्रमुख पौडेल र मुख्य बिचौलिया सुजन लामाको गिरोहसँग मिलेर शाह परिवारको नाममा जग्गा ल्याउने बहानामा हवाई टिकटदेखि मन्त्रीसम्मको सेटिङ गरेको तथ्य बाहिर ल्याएको छ।
यो प्रकरणले मालपोत कार्यालयका प्रमुखहरूले बिचौलियासँग मिलेर कसरी गैरकानुनी सेटिङ गर्ने गरेको छ भन्ने तथ्यलाई उजागर गरेको छ।
डन न्यूजले प्राप्त गरेको गोप्य विवरणअनुसार चिरञ्जीवी पौडेलले बिचौलिया समूहलाई पोखरा–काठमाडौं आवतजावतका लागि चार पटक हवाई टिकट किन्न लगाएका थिए। स्रोतका अनुसार, २०२४ नोभेम्बर १३, २०२५ डिसेम्बर २५, २०२५ जनवरी ६ र अन्य एक मितिमा उनको नाममा टिकट काटिएको थियो। यी टिकटको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्राप्त गरेको छ।
पौडेलले दुर्गादेवी शाहको हकवालाको नाममा १३५ रोपनी जग्गा ल्याउन सक्रिय बिचौलिया समूहसँग मिलेर विभिन्न व्यक्तिको नाममा जग्गा पास गराउने योजना बनाएको खुलासा भएको छ। यो प्रकरणमा मालपोत र नापी कार्यालयले अदालतको आदेश कार्यान्वयन नगरेपछि शाह परिवारका वारेसहरू बिचौलियाको शरणमा पुगेका थिए।
भूमिसुधारमन्त्री बलराम अधिकारी र सचिवमाथि कुनै कारबाही भएको छैन। बलराम, सचिव र उनका छोरालाई अख्तियारले बयानका लागि बोलाएको छेन ।
सर्वोच्च अदालतले २०३१ सालमै पोखराको बाटुलेचौरस्थित नक्सा नम्बर २५, २६ र २८ मा रहेको जग्गा शाह परिवारको नाममा कायम गर्न आदेश दिएको थियो। तर, २०३२ को नापीमा ती जग्गा अरूकै नाममा कायम भएको भन्दै हालसम्म शाह परिवारको हकमा आएको छैन। मालपोत र नापी कार्यालयले विभिन्न बहाना बनाएर जग्गा पास नगरेपछि बिचौलियाहरूले मन्त्रीदेखि कर्मचारीसम्मलाई मिलाउने जिम्मा लिएका थिए।
यो घोटालामा तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमिसुधारमन्त्री बलराम अधिकारी, पूर्व भूमिसुधारमन्त्री रञ्जिता श्रेष्ठ, तत्कालीन सचिव अर्जुन र उनका छोरा मनोज अधिकारीसम्म जोडिएका छन्। गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन् भने रञ्जितालाई नागरिक उन्मुक्ति पार्टीले अध्यक्षबाट हटाएको छ। तर, बलराम र सचिवमाथि कुनै कारबाही भएको छैन। अख्तियारले यो प्रकरणमा छानबिन गरिरहेको छ, तर बलराम, सचिव र उनका छोरालाई बयानका लागि बोलाइएको छैन।
अख्तियारले गुप्ता, रञ्जिता र बिचौलिया सुजन लामासँग बयान लिइसकेको छ। लामालाई पाँच दिन नियन्त्रणमा राखेर बयान लिइएको थियो
अख्तियारले गुप्ता, रञ्जिता र बिचौलिया सुजन लामासँग बयान लिइसकेको छ। लामालाई पाँच दिनसम्म दिनभरि नियन्त्रणमा राखेर बयान लिइएको थियो र हाल उनलाई पूरक बयानका लागि पुनः काठमाडौं बोलाइएको स्रोतले बताएको छ। तर, अन्य संलग्न व्यक्तिहरू छानबिनको दायरामा आएका छैनन्।
यो प्रकरणले मालपोत कार्यालयका प्रमुखहरूले बिचौलियासँग मिलेर कसरी गैरकानुनी सेटिङ गर्ने गरेको छ भन्ने तथ्यलाई उजागर गरेको छ। शाह परिवारको हकमा आएको जग्गा पास गर्न बिचौलियाले मन्त्रीदेखि कर्मचारीसम्मलाई मिलाउने जिम्मा लिएको र मालपोत प्रमुख पौडेलले हवाई टिकटदेखि अन्य सुविधा लिएको खुलासाले यो प्रकरणलाई थप रहस्यमय बनाएको छ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने