
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
शाह परिवारको हकमा आएको जग्गा पास गर्न बिचौलियाले मन्त्रीदेखि कर्मचारीसम्मलाई मिलाउने जिम्मा लिएको र मालपोत प्रमुख चिरञ्जिवी पौडेलले हवाई टिकटदेखि अन्य सुविधा लिएको खुलासाले यो प्रकरणलाई थप रहस्यमय बनाएको छ।
पोखरा, १५ साउन । पोखराको बाटुलेचौरमा रहेको १३५ रोपनी जग्गा घोटाला प्रकरणमा मालपोत कार्यालयका प्रमुख चिरञ्जिवी पौडेल पनि संलग्न रहेको पुष्टि भएको छ । तत्कालिन कार्यालय प्रमुख पौडेल र मुख्य बिचौलिया सुजन लामाको गिरोहसँग मिलेर शाह परिवारको नाममा जग्गा ल्याउने बहानामा हवाई टिकटदेखि मन्त्रीसम्मको सेटिङ गरेको तथ्य बाहिर ल्याएको छ।
यो प्रकरणले मालपोत कार्यालयका प्रमुखहरूले बिचौलियासँग मिलेर कसरी गैरकानुनी सेटिङ गर्ने गरेको छ भन्ने तथ्यलाई उजागर गरेको छ।
डन न्यूजले प्राप्त गरेको गोप्य विवरणअनुसार चिरञ्जीवी पौडेलले बिचौलिया समूहलाई पोखरा–काठमाडौं आवतजावतका लागि चार पटक हवाई टिकट किन्न लगाएका थिए। स्रोतका अनुसार, २०२४ नोभेम्बर १३, २०२५ डिसेम्बर २५, २०२५ जनवरी ६ र अन्य एक मितिमा उनको नाममा टिकट काटिएको थियो। यी टिकटको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्राप्त गरेको छ।
पौडेलले दुर्गादेवी शाहको हकवालाको नाममा १३५ रोपनी जग्गा ल्याउन सक्रिय बिचौलिया समूहसँग मिलेर विभिन्न व्यक्तिको नाममा जग्गा पास गराउने योजना बनाएको खुलासा भएको छ। यो प्रकरणमा मालपोत र नापी कार्यालयले अदालतको आदेश कार्यान्वयन नगरेपछि शाह परिवारका वारेसहरू बिचौलियाको शरणमा पुगेका थिए।
भूमिसुधारमन्त्री बलराम अधिकारी र सचिवमाथि कुनै कारबाही भएको छैन। बलराम, सचिव र उनका छोरालाई अख्तियारले बयानका लागि बोलाएको छेन ।
सर्वोच्च अदालतले २०३१ सालमै पोखराको बाटुलेचौरस्थित नक्सा नम्बर २५, २६ र २८ मा रहेको जग्गा शाह परिवारको नाममा कायम गर्न आदेश दिएको थियो। तर, २०३२ को नापीमा ती जग्गा अरूकै नाममा कायम भएको भन्दै हालसम्म शाह परिवारको हकमा आएको छैन। मालपोत र नापी कार्यालयले विभिन्न बहाना बनाएर जग्गा पास नगरेपछि बिचौलियाहरूले मन्त्रीदेखि कर्मचारीसम्मलाई मिलाउने जिम्मा लिएका थिए।
यो घोटालामा तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमिसुधारमन्त्री बलराम अधिकारी, पूर्व भूमिसुधारमन्त्री रञ्जिता श्रेष्ठ, तत्कालीन सचिव अर्जुन र उनका छोरा मनोज अधिकारीसम्म जोडिएका छन्। गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन् भने रञ्जितालाई नागरिक उन्मुक्ति पार्टीले अध्यक्षबाट हटाएको छ। तर, बलराम र सचिवमाथि कुनै कारबाही भएको छैन। अख्तियारले यो प्रकरणमा छानबिन गरिरहेको छ, तर बलराम, सचिव र उनका छोरालाई बयानका लागि बोलाइएको छैन।
अख्तियारले गुप्ता, रञ्जिता र बिचौलिया सुजन लामासँग बयान लिइसकेको छ। लामालाई पाँच दिन नियन्त्रणमा राखेर बयान लिइएको थियो
अख्तियारले गुप्ता, रञ्जिता र बिचौलिया सुजन लामासँग बयान लिइसकेको छ। लामालाई पाँच दिनसम्म दिनभरि नियन्त्रणमा राखेर बयान लिइएको थियो र हाल उनलाई पूरक बयानका लागि पुनः काठमाडौं बोलाइएको स्रोतले बताएको छ। तर, अन्य संलग्न व्यक्तिहरू छानबिनको दायरामा आएका छैनन्।
यो प्रकरणले मालपोत कार्यालयका प्रमुखहरूले बिचौलियासँग मिलेर कसरी गैरकानुनी सेटिङ गर्ने गरेको छ भन्ने तथ्यलाई उजागर गरेको छ। शाह परिवारको हकमा आएको जग्गा पास गर्न बिचौलियाले मन्त्रीदेखि कर्मचारीसम्मलाई मिलाउने जिम्मा लिएको र मालपोत प्रमुख पौडेलले हवाई टिकटदेखि अन्य सुविधा लिएको खुलासाले यो प्रकरणलाई थप रहस्यमय बनाएको छ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी