
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
न्यायाधीश नवराज दाहालको एकल इजलासले थापालाई धरौंटीमा रिहा गर्ने आदेश दिएको हो।
पोखरा, १३ साउन । पोखराको सडकमा एक युवतीको इज्जत लुटिनबाट जोगाउँदा ज्यान मार्ने उद्योगको झूठो आरोपमा फसाइएका पोखरा–२२ का लोकबहादुर थापालाई कास्की जिल्ला अदालतले मंगलबार ५० हजार धरौटीमा रिहा गरेको छ।
न्यायाधीश नवराज दाहालको एकल इजलासले थापालाई धरौंटीमा रिहा गर्ने आदेश दिएको हो। थापाको पक्षबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले प्रतिरक्षा बहस गरेका थिए ।
गत असार १४ गते राति पोखरा–८, रत्नचोकस्थित सेभेन स्टार रेस्टुरेन्टमा कार्यरत २२ वर्षीया युवतीमाथि दुई शिक्षकले बलात्कारको प्रयास गरेका थिए।
गत असार १४ गते राति पोखरा–८, रत्नचोकस्थित सेभेन स्टार रेस्टुरेन्टमा कार्यरत २२ वर्षीया युवतीमाथि दुई शिक्षकले बलात्कारको प्रयास गरेका थिए। विन्दवासिनी माविका सहायक प्रधानाध्यापक ५२ वर्षीय भेषराज पौडेल (स्याङ्जा, आँधिखोला–४, हाल पोखरा–१५) र भारतीय पेन्सन क्याम्पका आईटी अफिसर ४५ वर्षीय दीपक सापकोटा (पोखरा–१५) ले रक्सीको नशामा युवतीमाथि यौन दुर्व्यवहार र बलात्कारको प्रयास गरेका थिए।
थापाको पक्षबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले प्रतिरक्षा बहस गरेका थिए ।
रेस्टुरेन्टभित्रै युवतीका संवेदनशील अंगमा छुने, समात्ने र यौन प्रस्ताव राख्ने यी दुईले युवतीले अस्वीकार गरेपछि उनको घर फर्कने समय कुरेर नियोजित रूपमा ढुकेर बसे। त्यो झरीको रात, युवती आफ्ना अभिभावकको पर्खाइमा सडकमा उभिएकी थिइन्।
भेषराज र दीपकले अन्य कर्मचारीले गुहार नदिऊन् भनेर रेस्टुरेन्टको मुख्य ढोका बाहिरबाट बन्द गरिदिए। त्यसपछि, उनीहरूले युवतीलाई खेद्दै गण्डकी प्रदेश प्रमुखको निवास नजिकैको अँध्यारो ग्यारेजमा पुर्याएर बलात्कारको प्रयास गरे। युवती भागेर रेस्टुरेन्ट नजिकै पुग्दा चिच्याएर गुहार मागिन्।
युवतीको हारगुहार सुनेर लोकबहादुर थापा, जो सेभेन स्टार नजिकै खाजा घर सञ्चालक हुन्, काखमा च्यापेकी छोरी श्रीमतीलाई सुम्पेर तत्काल दौडिए। रुँदै आएकी युवतीको पीडा देखेर उनको मन थामिएन।पछि लाग्दै आएका भेषराजलाई उनले एक थप्पड हाने, रक्सीले लठ्ठिएका भेषराज सडकमा ढले। प्रहरीले भेषराज र भाग्न खोजेका दीपकलाई गण्डकी मेडिकल कलेजमा भर्ना गर्यो, तर उनीहरू बिहान प्रहरीलाई खबर नगरी भागे।
रुँदै आएकी युवतीको पीडा देखेर उनको मन थामिएन। पछि लाग्दै आएका भेषराजलाई उनले एक थप्पड हाने, रक्सीले लठ्ठिएका भेषराज सडकमा ढले।
भोलिपल्ट दीपकले लोकबहादुरकी श्रीमतीसँग माफी माग्दै वैदाम प्रहरी चौकीमा मिलापत्र गरे। तर, भेषराज र उनको परिवारले यो घटनालाई ढाकछोप गर्न ठूलो षड्यन्त्र रचे। भेषराजकी श्रीमती पार्वतीदेवी शर्माले उल्टै लोकबहादुरविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिइन्, जसले एक थप्पडको आधारमा उनलाई फसाउने प्रयास भयो।
भेषराजले रक्सीको नशामा यस्ता घृणित हर्कत बारम्बार दोहोर्याउने गरेको उनलाई चिन्नेजान्ने र नजिकैंका छिमेकीहरु बताउँछन् । उनको टाउकाको पहिलादेखि नैं समस्या भएको र उपचारका लागि काठमाडौं अस्पतालमा बारम्बार जाने गरेका तस्विरहरु आफैंले सामाजिक सञ्जालमा राख्दैं आईरहेका थिए । तर लोकबहादुरलाई फसाउन उनको परिवारले सकेजति प्रयास गरे पनि अदालत सामु भने असफल हुन पुगे ।
भेषराजले रक्सीको नशामा यस्ता घृणित हर्कत बारम्बार दोहोर्याउने गरेको र टाउकाको पहिलादेखि नैं समस्या भएकोले उपचारका लागि काठमाडौं अस्पतालमा बारम्बार जाने गरेका तस्विरहरु आफैंले सामाजिक सञ्जालमा राख्दैं आईरहेका थिए ।
भेषराजले रेस्टुरेन्टमा रक्सी खाएर बिलसमेत तिर्न नसकेपछि उनको स्कुटी र चाबी धितोमा राखिएको थियो। पछि उनकी बुहारीले बिल तिरेर स्कुटी फिर्ता लगिन्। भेषराजको परिवारले यी सबै हर्कत ढाक्न एक युट्युबरमार्फत गलत सूचना फैलाउने कोसिस गरे।
तर, डन न्यूजको टोलीले प्रत्यक्षदर्शी र सिसिक्यामेरा फुटेजको गहन अध्ययनपछि सत्य उजागर गर्यो, जसले लोकबहादुरको साहस र मानवतालाई सबैका सामु प्रस्तुत गर्यो।
भेषराजको परिवारले लोकबहादुरलाई फसाएर निजी अस्पतालको खर्च तिराउने र यौनहिंसाको अपराध लुकाउने प्रयासलाई सिसिक्यामेरा र सत्यको बलले विफल बनाएको छ।
लोकबहादुरको रिहाइले पोखरामा न्यायको जीत भएको स्थानीयले बताएका छन्। भेषराजको परिवारले उनलाई फसाएर निजी अस्पतालको खर्च तिराउने र यौनहिंसाको अपराध लुकाउने प्रयासलाई सिसिक्यामेरा र सत्यको बलले विफल बनाएको छ। यो घटनाले समाजमा साहसी र इमानदार व्यक्तिहरूको सम्मान बढाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले यो घटनामा शिक्षक दीपक सापकोटालाई पक्राउ गरी मुद्दा अघि बढाएको थियो । मुख्य अभियुक्त भेषराज भने विरामी भएका कारण घरमा आराम गरिरहेका छन् । भेषराजलाई पीडित युवतीले जबरजस्ती करणीमा मुद्दा दायर गर्ने गरी कानुनी लडाईको तयारीमा जुटिरहेकी छिन् । अदालतले यो घटनामा मुख्य योजनाकार भेषराज देखिएको भन्दैं अर्का शिक्षक दीपकलाई सामान्य तारेखमा रिहा गरिदिएको छ ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई