
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
पोखरा, ११ साउन । जलवायु परिवर्तनको बढ्दो प्रभावले गण्डकी प्रदेशको पशुपालन क्षेत्रमा गम्भीर चुनौती थपिएको एक नयाँ अनुसन्धानले देखाएको छ। शनिबार पोखरामा सार्वजनिक गरिएको सहकार्यात्मक अनुसन्धान प्रतिवेदनले तापमान वृद्धि र वर्षाको कमीले पशु स्वास्थ्य, प्रजनन क्षमता, उत्पादन र आहारमा संकट निम्त्याएको तथ्य बाहिर ल्याएको छ।
त्रिभुवन विश्वविद्यालयको अनुसन्धान समन्वय तथा विकास परिषदको वित्तीय सहयोगमा गण्डकीका पाँच जिल्लाका एकहजार एकसय ५८ घरधुरी र ११ समूहगत छलफलबाट संकलित तथ्यमा आधारित यो प्रतिवेदनले स्थानीय किसानहरूले अपनाएका अनुकूलन रणनीतिलाई समेत उजागर गरेको छ।
प्रमुख अनुसन्धानकर्ता प्राडा विकासकुमार केसीले गोष्ठीमा प्रतिवेदन प्रस्तुत गर्दै गण्डकीमा तापक्रम निरन्तर बढ्दै गएको र वर्षा घट्दो क्रममा रहेको बताए। “गर्मीको तनावले पशुहरूको दूध उत्पादन र प्रजनन क्षमता घटेको छ, भने अनियमित वर्षाले चरण र आहारको अभाव निम्त्याएको छ,” उनले भने।
यो संकट गण्डकीमा मात्र सीमित छैन, विश्वभर नै जलवायु परिवर्तनले पशुपालन क्षेत्रमा गम्भीर असर पारिरहेको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार, विश्वव्यापी तापमान वृद्धिले दूध र मासु उत्पादनमा १० देखि २५ प्रतिशतसम्म कमी आएको छ। अफ्रिका र दक्षिण एसियाका विकासशील देशहरूमा खडेरी र बाढीले चरण क्षेत्र साँघुरिंदै गएको छ, जसले खाद्य असुरक्षाको जोखिम बढाएको छ।
गण्डकीका किसानहरूले भने यस्ता चुनौतीसँग जुध्न नवीन उपाय अपनाएका छन्। ताप सहन सक्ने स्थानीय पशु प्रजातिको प्रयोग, साइलेज र हरियो घाँसको भण्डारण, वर्षातको पानी संकलन र हावादार गोठ निर्माणजस्ता रणनीतिले उनीहरूको लचिलोपन देखिएको छ। यस्तै, विश्वका अन्य क्षेत्रमा पनि अनुकूलनका प्रयास भइरहेका छन्। उदाहरणका लागि, नेदरल्यान्ड्स र न्यूजील्याण्डले मिथेन उत्सर्जन कम गर्न प्राविधिक नवाचार अपनाएका छन् भने अफ्रिकामा तापसहनशील साहिवाल गाई प्रजातिको प्रयोग बढ्दो छ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका अनुसन्धान निर्देशक प्राडा किशोर कोइरालाले अनुसन्धान संस्कृतिको विकासमा जोड दिंदै प्राध्यापकहरूलाई ज्ञान निर्माणमा गम्भीर हुन आग्रह गरे। अनुसन्धान विभागका प्रमुख प्राडा नरेन्द्र खनालले यो प्रतिवेदन नीति निर्माण र कार्यान्वयनमा मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे।
गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाले अनुसन्धानको अन्तर्राष्ट्रिय महत्व औंल्याउँदै यसलाई क्यु वान जर्नलसहित आठ प्रतिष्ठित जर्नलमा प्रकाशित भएको जानकारी दिए। “पशुपालन कृषि विकासको मेरुदण्ड हो, र यो शोधले किसानका वास्तविक समस्यालाई समेटेको छ,” उनले भने।
प्रतिवेदनमाथि प्राडा लेखनाथ भट्टराई, प्राडा शोभाकान्त लामिछाने, डा. लिला पुरीलगायतले टिप्पणी गर्दै जलवायु संकटले निम्त्याएका रोग र परजीवीको बढ्दो जोखिमप्रति ध्यानाकर्षण गराए। विश्व बैंकको एक प्रतिवेदनअनुसार, जलवायु परिवर्तनले पशुपालन क्षेत्रमा वार्षिक १५ देखि २० अर्ब डलरको आर्थिक नोक्सानी भइरहेको छ। यस्तोमा गण्डकीको अनुसन्धानले स्थानीय र विश्वव्यापी नीति निर्मातालाई दिगो समाधानको बाटो देखाउन सक्ने अपेक्षा गरिएको छ।
टिम लिडर प्राडा केसीले सहभागीहरूको जिज्ञासा सम्बोधन गर्दै थप अनुसन्धानको प्रतिबद्धता जनाए। परियोजनामा डा. अनन्तराज ढुंगाना र डा. पूर्णबहादुर खाँडको सहभागिताले अनुसन्धानलाई थप बलियो बनाएको छ। यो प्रतिवेदनले गण्डकीका किसानका लागि मात्र नभई विश्वव्यापी पशुपालन क्षेत्रमा जलवायु–अनुकूल रणनीति विकासमा योगदान पु¥याउने विश्वास गरिएको छ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी