
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
चितवन, १० साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता, गण्डकी प्रदेशका पूर्वप्रमुख तथा लोकतन्त्रका सच्चा योद्धा पृथ्वीमान गुरुङको निधन भएको छ। ७६ वर्षीय गुरुङको आज बिहान ८ बजे चितवनको भरतपुर महानगरपालिका–२६ स्थित आफ्नै निवासमा निधन भएको हो। लामो समयदेखि क्यान्सर रोगसँग साहसपूर्वक लडिरहेका गुरुङको बिदाइले नेपाली कांग्रेस परिवार र उनका शुभचिन्तकहरू मर्माहत बनेका छन्।
कास्कीको माछापुच्छ्रे गाउँपालिका, ल्वाङघलेलमा वि.सं. २००६ मा जन्मिएका गुरुङ चितवन बसाइँसराइ गरी आएका थिए। उनले आफ्नो जीवन नेपाली कांग्रेसको सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यताप्रति समर्पित गरे। वि.सं. २०४६ को जनआन्दोलनमा परिचालन समितिको सदस्यको रूपमा सक्रिय रहँदै उनले लोकतन्त्र स्थापनामा महत्वपूर्ण योगदान पु¥याएका थिए। नेपाली कांग्रेस चितवनको पूर्वसभापति र प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापतिका रूपमा उनले संगठनलाई बलियो बनाउन अथक मेहनत गरे।
वि.सं. २०७८ साउन १२ गते गण्डकी प्रदेशको प्रदेशप्रमुख नियुक्त भएका गुरुङले नवलपरासीको भूमि आयोगको अध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरेका थिए। नेपाली कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले उनको योगदानको स्मरण गर्दै भने, “पृथ्वीमानजीले सधैं समाज र देशको हितमा आफूलाई समर्पित गर्नुभयो। उहाँको निधनले हामीले एक असल मार्गदर्शक गुमाएका छौं।”
पारिवारिक स्रोतका अनुसार, गुरुङका दुई छोरामध्ये जेठो छोराको यसअघि नै निधन भइसकेको छ। कान्छो छोरा विदेशमा रहेकाले उनको अन्त्येष्टि आइतबार गरिने छ। उनकी श्रीमती र कान्छो छोरालाई यो दुखद घडीमा सम्हाल्ने शक्ति मिलोस् भन्दै शुभचिन्तकहरूले प्रार्थना गरेका छन्।
गुरुङको निधनले नेपाली कांग्रेस र गण्डकी प्रदेशले मात्र नभई सिंगो देशले एक समर्पित व्यक्तित्व गुमाएको छ। उनको लोकतान्त्रिक आन्दोलन र सामाजिक सेवाप्रतिको योगदान सधैं स्मरणीय रहनेछ। प्रहरी र स्थानीय प्रशासनले समेत उनको योगदानको सम्मानमा शोक व्यक्त गरेको छ। यो शोकको घडीमा डन न्यूज परिवार उनको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई