
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
चितवन, १० साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता, गण्डकी प्रदेशका पूर्वप्रमुख तथा लोकतन्त्रका सच्चा योद्धा पृथ्वीमान गुरुङको निधन भएको छ। ७६ वर्षीय गुरुङको आज बिहान ८ बजे चितवनको भरतपुर महानगरपालिका–२६ स्थित आफ्नै निवासमा निधन भएको हो। लामो समयदेखि क्यान्सर रोगसँग साहसपूर्वक लडिरहेका गुरुङको बिदाइले नेपाली कांग्रेस परिवार र उनका शुभचिन्तकहरू मर्माहत बनेका छन्।
कास्कीको माछापुच्छ्रे गाउँपालिका, ल्वाङघलेलमा वि.सं. २००६ मा जन्मिएका गुरुङ चितवन बसाइँसराइ गरी आएका थिए। उनले आफ्नो जीवन नेपाली कांग्रेसको सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यताप्रति समर्पित गरे। वि.सं. २०४६ को जनआन्दोलनमा परिचालन समितिको सदस्यको रूपमा सक्रिय रहँदै उनले लोकतन्त्र स्थापनामा महत्वपूर्ण योगदान पु¥याएका थिए। नेपाली कांग्रेस चितवनको पूर्वसभापति र प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापतिका रूपमा उनले संगठनलाई बलियो बनाउन अथक मेहनत गरे।
वि.सं. २०७८ साउन १२ गते गण्डकी प्रदेशको प्रदेशप्रमुख नियुक्त भएका गुरुङले नवलपरासीको भूमि आयोगको अध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरेका थिए। नेपाली कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले उनको योगदानको स्मरण गर्दै भने, “पृथ्वीमानजीले सधैं समाज र देशको हितमा आफूलाई समर्पित गर्नुभयो। उहाँको निधनले हामीले एक असल मार्गदर्शक गुमाएका छौं।”
पारिवारिक स्रोतका अनुसार, गुरुङका दुई छोरामध्ये जेठो छोराको यसअघि नै निधन भइसकेको छ। कान्छो छोरा विदेशमा रहेकाले उनको अन्त्येष्टि आइतबार गरिने छ। उनकी श्रीमती र कान्छो छोरालाई यो दुखद घडीमा सम्हाल्ने शक्ति मिलोस् भन्दै शुभचिन्तकहरूले प्रार्थना गरेका छन्।
गुरुङको निधनले नेपाली कांग्रेस र गण्डकी प्रदेशले मात्र नभई सिंगो देशले एक समर्पित व्यक्तित्व गुमाएको छ। उनको लोकतान्त्रिक आन्दोलन र सामाजिक सेवाप्रतिको योगदान सधैं स्मरणीय रहनेछ। प्रहरी र स्थानीय प्रशासनले समेत उनको योगदानको सम्मानमा शोक व्यक्त गरेको छ। यो शोकको घडीमा डन न्यूज परिवार उनको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु