
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार डा. स्वस्ति शर्मा, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानलाई ऐनको दफा ६६ बमोजिम कारबाही अघि बढाइएको हो।
काठमाडौं, ५ साउन । आर्थिक प्रलोभनमा पारेर किशोरीहरूको डिम्ब अवैध रूपमा बेचबिखन गर्ने होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिकका सञ्चालकसहित ५ जना विरुद्ध प्रहरीले बालबालिका ऐन २०७५ अनुसार मुद्दा दर्ता गरेको छ। प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार डा. स्वस्ति शर्मा, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानलाई ऐनको दफा ६६ बमोजिम कारबाही अघि बढाइएको हो।
सीआईबीका प्रवक्ता युवराज खड्काले दिएको जानकारीअनुसार १८ वर्ष नपुगेका किशोरीहरूलाई आर्थिक प्रलोभन देखाएर डिम्ब निकाल्ने र बिक्री गर्ने कार्यमा यी व्यक्तिहरू संलग्न थिए। अनुसन्धानका क्रममा दुई किशोरीले स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उजुरी दिएका थिए। ‘महिनावारी नहुने र अत्यधिक पेट दुख्ने समस्यापछि किशोरीहरूले उजुरी गरे, खड्काले भने, ‘उनीहरूलाई १० हजार रुपैयाँ दिएर डिम्ब निकाल्ने र ग्राहकसँग २० लाखसम्म असुल्ने गरेको पाइयो।’
उजुरीकर्ता किशोरीहरू ‘प्लस टु’ मा अध्ययनरत विद्यार्थी हुन्। उनीहरूलाई आर्थिक प्रलोभनमा पारेर बेहोस बनाई डिम्ब निकालिएको बयानमा खुलेको छ। सीआईबीको प्रारम्भिक अनुसन्धानले जस्टिना प्रधानले बिचौलियाको भूमिका निभाएर किशोरीहरूलाई क्लिनिकसम्म पुर्याउने र कमिसन लिने गरेको पुष्टि भएको छ।
‘हामीले अनुसन्धानलाई तीव्र बनाएका छौं। थप तथ्यहरू पनि बाहिर आउन सक्छन्,’ प्रवक्ता खड्काले भने। यो घटनापछि सीआईबीले अन्य आईभीएफ सेन्टरहरूमाथि पनि कडा निगरानी बढाएको छ।
८ देखि १० हजार रुपैयाँको लोभ देखाएर डिम्ब दान गर्न बाध्य, निस्सन्तान दम्पतीसँग भने १८ देखि २० लाख रुपैयाँसम्म असुल्ने !
कसरी चल्थ्यो यो अवैध धन्दा?
सीआईबीको अनुसन्धानले यो गिरोहले १६ देखि १९ वर्षका किशोरीहरूलाई निशाना बनाएर उनीहरूलाई आर्थिक प्रलोभनमा पार्ने गरेको खुलासा गरेको छ। विशेषगरी आर्थिक अवस्था कमजोर भएका किशोरीहरूलाई लक्षित गरी उनीहरूलाई ८ देखि १० हजार रुपैयाँको लोभ देखाएर डिम्ब दान गर्न बाध्य पारिन्थ्यो। तर, यही डिम्बको कारोबारबाट क्लिनिकहरूले निस्सन्तान दम्पतीसँग १८ देखि २० लाख रुपैयाँसम्म असुल्ने गरेको तथ्य बाहिर आएको छ।
प्रहरीका अनुसार, किशोरीहरूलाई बेहोस बनाएर जोखिमपूर्ण तरिकाले डिम्ब निकालिन्थ्यो। बिचौलियाहरूले किशोरीहरूलाई क्लिनिकसम्म पुर्याउँथे, जहाँ उनीहरूलाई सम्झौतापत्रमा जबरजस्ती हस्ताक्षर गर्न लगाइन्थ्यो। त्यसपछि १० दिनसम्म इन्जेक्सन दिएर तयार पारिएका किशोरीहरूलाई बेहोस बनाई यौनांगबाट औजार घुसाएर डिम्ब निकालिन्थ्यो। यो प्रक्रिया अत्यन्तै जोखिमपूर्ण रहेको सीआईबीका एसएसपी होवीन्द्र बोगटीले बताए।
बिचौलियाको भूमिकामा डिम्ब दान गर्ने किशोरीहरू
यो कालो धन्दाको अर्को डरलाग्दो पक्ष के हो भने डिम्ब दान गर्ने किशोरीहरूलाई नै बिचौलियाको भूमिका निर्वाह गर्न बाध्य पारिन्थ्यो। पक्राउ परेकी जस्टिना प्रधान र सबिना गुरुङले यस्तै काम गरेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ। जस्टिनाले होप फर्टिलिटीमा ६ जना किशोरीलाई डिम्ब दान गर्न लगाएकी थिइन्, जसका लागि उनले ५० हजार कमिसन बुझेकी थिइन्। यस्तै, सबिनाले पनि होप र एन्जलमा ५ जना किशोरीलाई पुर्याएर डिम्ब दान गराएकी थिइन्।
जस्टिनाले पहिलोपटक डिम्ब दान गर्दा होपबाट ३५ हजार र सबिनाले एन्जलबाट ४० हजार लिएको बयानमा खुलेको छ। यी दुवैले अन्य किशोरीहरूलाई पनि यो धन्दामा फसाउन आर्थिक प्रलोभनको जाल बुनेका थिए।
क्लिनिकको कालो कर्तुत
होप र एन्जल फर्टिलिटी क्लिनिकले निसन्तान दम्पतीलाई सन्तान प्राप्तिको सपना देखाएर ठूलो रकम असुल्ने गरेको पाइएको छ। गत साता मात्रै होपले १८ वर्षमुनिका दुई किशोरीको डिम्ब निकालेर उनीहरूलाई १०–१० हजार रुपैयाँ दिएको थियो। तर, यही डिम्बको कारोबारबाट क्लिनिकले लाखौं कमाएको प्रहरीको अनुसन्धानले देखाएको छ।
पक्राउ परेका डा. स्वस्ति शर्मा र डा. मलिनी चौधरी होप फर्टिलिटीका सञ्चालक हुन् भने डा. असिम अधिकारी चिकित्सकका रूपमा कार्यरत थिए। अलिसा ओली होपकी म्यानेजर र सकिल भण्डारी एन्जलका म्यानेजर हुन्। यी सबैले यो अवैध धन्दामा संलग्न भएको बयान दिएका छन्।
कानुनी अभावले अनुसन्धानमा चुनौती
नेपालमा डिम्ब दानसम्बन्धी स्पष्ट कानुन नहुँदा यो मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई चुनौती भएको छ। पक्राउ परेका सबैलाई जिल्ला अदालत काठमाडौंले हाजिरी जमानीमा छाडिदिएको छ। तर, सीआईबीले यो घटनालाई गम्भीर अपराध मानेर अनुसन्धानलाई तीव्र बनाएको छ।
“यो अत्यन्तै संवेदनशील र गम्भीर अपराध हो। हामीले अनुसन्धानलाई गहिराइमा पुर्याएका छौं। अन्य क्लिनिकहरूको पनि संलग्नता देखिएको छ, त्यसको अनुसन्धान भइरहेको छ,” सीआईबीका एसएसपी बोगटीले भने।
यो घटनाले नेपालको स्वास्थ्य क्षेत्र र किशोरीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। आर्थिक अभावमा परेका किशोरीहरूलाई लक्षित गरी उनीहरूको स्वास्थ्य र भविष्यमाथि खेलवाड गर्ने यस्ता गिरोहविरुद्ध कडा कारबाहीको माग उठेको छ। प्रहरीले यो कालो धन्दामा संलग्न अन्य क्लिनिकहरूको पनि अनुसन्धान गरिरहेको छ।
होप फर्टिलिटीको कार्यालय हाल बन्द छ, र वेबसाइटबाट समेत सञ्चालकहरूको तस्बिर हटाइएको छ। यो घटनाले समाजमा ठूलो आक्रोश पैदा गरेको छ, र यसले नेपालमा डिम्ब दानसम्बन्धी कानुनी प्रावधानको आवश्यकता स्पष्ट रूपमा देखाएको छ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी