
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
यो विपत्तिको जड कांग्रेस नेता दीपक गुरुङ (माइला) र उनको परिवारको ८ रोपनी जग्गा जोगाउन महानगरपालिकाले निर्माण गरेको पर्खाल नैं बनेको छ ।
पोखरा, ४ साउन । पोखरा महानगरपालिका–१३ को काहुँखोलामा नेताको निजी स्वार्थका लागि खोलाको मापदण्ड मिचेर बनाइएको रिटेनिङ वालले स्थानीयवासीलाई सास्ती दिएको छ ।
शनिबार रातिको भारी वर्षापछि आइतबार बिहान आएको बाढीले काहुँखोलामा विनाश निम्त्याउँदा दुई कोठा बगायो र ९–१० घर डुबानमा परे। यो विपत्तिको जड कांग्रेस नेता दीपक गुरुङ (माइला) र उनको परिवारको ८ रोपनी जग्गा जोगाउन महानगरपालिकाले निर्माण गरेको पर्खाल नैं बनेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा महानगरपालिकाले ‘सिद्धकोथान काहुँखोला हुँदै खोला संरक्षण’ शीर्षकमा ३० लाख बजेट छुट्याएर काहुँखोलामा रिटेनिङ वाल बनायो। यो पर्खाल दीपक गुरुङ र उनकी फूपू तिलकुमारी गुरुङको जग्गा जोगाउन र घडेरी बनाएर बिक्री गर्ने योजनाका लागि बनाइएको स्थानीयको आरोप छ। खोलाको प्राकृतिक बहावलाई २० मिटर माथिबाट दुई भागमा विभाजन गरी बनाइएको यो संरचनाले बाढीको जोखिम बढायो। परिणामस्वरूप, पुरानो पर्खाल भत्कियो र स्थानीयका घर–आँगन डुबानमा परे।
“नेताको स्वार्थमा खोलाको प्राकृतिक बहाव मासियो, र आज हामीले त्यसको मूल्य चुकाउनुपर्यो,” एक स्थानीयले आक्रोश व्यक्त गरे।
स्थानीयले यो योजनाको सुरुदेखि नै विरोध गरेका थिए। तर, पोखरा महानगरपालिका र वडा नम्बर १३ का अध्यक्ष किरण बरालले “बाढीबाट जोगाउन” भन्दै विरोधलाई बेवास्ता गरे। “नेताको स्वार्थमा खोलाको प्राकृतिक बहाव मासियो, र आज हामीले त्यसको मूल्य चुकाउनुपर्यो,” एक स्थानीयले आक्रोश व्यक्त गरे।
यो योजनाको कार्यान्वयनमा पारदर्शिता र स्थानीय सहभागिता शून्य थियो। उपभोक्ता समितिको अध्यक्षमा दीपक माइलाका भाइ रोशन गुरुङ नियुक्त भए। उनले स्थानीयसँग कुनै समन्वय नगरी आफ्ना नातेदारलाई समितिमा राखेर काम अघि बढाए। २०७९ कात्तिक १२ मा वडा कार्यालयसँग सम्झौता भएको यो योजना कात्तिक १५ बाट सुरु भयो। खोलाबाट निकालिएको गेग्य्रानसमेत गुरुङ परिवारको जग्गामा थुपारिएको छ।
उपभोक्ता समितिको अध्यक्षमा दीपक माइलाका भाइ रोशन गुरुङ नियुक्त भए। उनले स्थानीयसँग कुनै समन्वय नगरी आफ्ना नातेदारलाई समितिमा राखेर काम अघि बढाए।
यो घटनाले पोखरा महानगरपालिकाको गैरजिम्मेवार रवैया र नेताको प्रभावमा नीति निर्माण हुने प्रवृत्तिलाई छताछुल्ल पारेको छ। स्थानीयको विरोधलाई बेवास्ता गर्दै खोलाको मापदण्ड मिचेर बनाइएको पर्खालले नेताको जग्गा त जोगियो, तर जनताको घर–आँगन जोखिममा पर्यो। “महानगरले जनताको हितलाई बेवास्ता गरी नेताको स्वार्थलाई प्राथमिकता दियो,” स्थानीयले गुनासो गरे।
“महानगरले जनताको हितलाई बेवास्ता गरी नेताको स्वार्थलाई प्राथमिकता दियो,” स्थानीयले गुनासो गरे।

१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई