
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
७रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकी अस्पतालका रूपमा रुपान्तरण हुने भएको छ ।
दश श्ययाको अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मन्त्रिस्तरीय विशेष निर्णयानुसार देशका १० स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर अस्पतालको रुपमा रुपान्तरण गर्न लागेको हो ।
पिपलाडी स्वास्थ्यचौकीलाई अस्पताल निर्माणका लागि मन्त्रालयले रु ७० लाख बजेट निकासा पठाएको छ । मन्त्रालयले पठाएको रकमले अस्पतालका भौतिक संरचना निर्माण गर्नका लागि अपुग हुने भएपछि सुदूरपश्चिम प्रदेश सरकारको समपुरक कोषबाट रु १४ लाख र नगरपालिकाले रु २५ लाख रकम खर्चिने भएको छ । “अस्पताल निर्माणलाई नगरको गौरवको योजनाअन्तर्गत राखेर बजेट विनियोजन गरेका छौँ”, नगरप्रमुख दिलबहादुर ऐरले भन्नुभयो, “अस्पतालका भौतिक संरचना निर्माणका लागि तत्कालै ठेक्का प्रक्रिया अगाडि बढाउन लागेका छौँ ।” उहाँका अनुसार सङ्घ, प्रदेश र नगरको संयुक्त साझेदारीमा अस्पताल निर्माण हुनेछ ।
पिपलाडी स्वास्थ्यचौकीलाई अस्पताल बनाउने भएपछि यस क्षेत्रका स्थानीयवासी उत्साहित भएका छन् । अब गाउँघरमै सहज स्वास्थ्य सेवा पाउनेभएपछि उनीहरु उत्साहित भएका हुन् । अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी मन्त्रालयमा पठाइसकिएको छ । डिपिआरमा अस्पतालका भौतिक संरचना निर्माणका लागि रु ३२ करोड रकम लाग्ने अनुमान गरिएको छ । अस्पतालका भौतिक संरचना निर्माणका लागि मङ्सिर १५ गते शिलान्यास कार्यक्रम राखिएको छ । भिडियो कन्फरेन्समार्फत स्वास्थ्यमन्त्रीले अस्पताल भवनको शिलान्यास गर्ने तय गरिएको छ ।
सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा सबै स्थानीय तहमा पाँच, १० र १५ श्ययासम्मको आधारभूत अस्पताल तथा स्तरोन्नति गरिने घोषणापश्चात देशका २६४ स्वास्थ्यचौकीको स्तरोन्नति गर्ने निर्णय गरियो । अस्पाल निर्माणका लागि दाताको संयुक्त कोषतर्फको स्रोतमा रु दुई अर्ब ३२ करोड ५० लाख रकम निकासा गरियो । पहिलो चरणको स्वास्थ्यचौकी स्तरोन्नति गर्ने कार्यमा पिपलाडी स्वास्थ्यचौकी छुटेपछि निवर्तमान संविधानसभा सदस्य कृपाराम रानाको पहलमा मन्त्रालयमा गएको टोलीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई भेटेर स्वास्थ्यचौकी स्तरोन्नति गर्नबाट छुटेको कुरा जानकारी गराइएपश्चात मन्त्रालयले विशेष निर्णय गरी देशका १० स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्ने निर्णयानुसार यो स्वास्थ्यचौकी समेत परेको छ ।
विशेष निर्णयमार्फत स्तरोन्नति गरी अस्पताल बनाइन लागेका स्वास्थ्यचौकीका लागि मन्त्रालयले रु सात करोड ५० लाख रकम रकमान्तर गरेको छ । पन्ध्र श्ययाका लागि रु ८५ लाख, १० श्ययाका लागि रु ७५ लाख र पाँच श्ययाका लागि रु ६० लाखका दरले बजेटको व्यवस्था गरिएको छ । निवर्तमान संविधानसभा सदस्य कृपाराम रानाले पहिलो चरणको स्वास्थ्यचौकी स्तरोन्नति गर्ने कार्यमा छुटे पनि विशेष निर्णयमा स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्ने कार्यमा समेटिएकाले कार्यान्वयनमा जानुपर्ने बताउनुभयो । “भौतिक पूर्वाधार विकासका लागि मन्त्रालयले सघाउँछ”, उहाँले भन्नुभयो, “सुर, ताल र लय मिलेका बेला विकासका काम अगाडि बढाउनमा कन्जुस्याइँ गर्नु हँुदैन । तत्काल निर्माणको चरणमा जानु पर्दछ । यसका लागि अझै सहयोग जुटाउन तत्पर रहेको छु ।”
पिपलाडी स्वास्थ्यचौकी व्यवस्थापन समितिका पदाधिकारी विष्णुदत्त जोशीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले दुर्गमको स्वास्थ्यचौकीमै पुगेर २५ श्ययाको अस्पताल बनाउने घोषणा गर्नुभएको बताउनुभयो । आफैँले घोषणा गरेर अस्पताल बनाउने कामलाई १० श्ययामा झारे पनि आगामी वर्षमा यसलाई १५ श्ययामा स्तरोन्नति गरी २५ श्ययाको पु¥याउनुपर्ने उहाँले बताउनुभयो ।
“अस्पताल बनाउने निर्णय भएर आयो यसमा स्वागत छ”, उहाँले भन्नुभयो, “मन्त्रीले आफैँले घोषणा गरेको २५ श्ययाको अस्पताल बनाउने काम घटेर आएकामा दुःख छ ।” वडा नं ४ का वडाध्यक्ष ज्ञानबहादुर विष्टले चालु आवमा अस्पतालका भौतिक संरचना निर्माणका लागि रु दुई करोड बराबरको ठेक्का सम्झौतामा जाने बताउनुभयो ।
अर्का वडा नं ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले सबै क्षेत्रको पायक पर्ने ठाउँमा अस्पताल निर्माण हुन लागेकामा नगरपालिकाका १२ वटै वडाका बासिन्दाले सहजरूपमा उपचार पाउने बताउनुभयो । अस्पताल निर्माणका लागि नगरपालिकाले एक बिघा जग्गाको व्यवस्थासमेत गरेको छ । पहिलो चरणमा कञ्चनपुरका कृष्णपुर नगरपालिकाको कृष्णपुर स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको अस्पताल निर्माण गर्ने, सोही नगरपालिकाको विचवा स्वास्थ्यचौकीलाई १५ श्ययाको अस्पताल निर्माण गर्ने निर्णय गरिएको थियो ।
यसैगरी महाकाली नगरपालिकाको दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ श्ययाको अस्पताल निर्माण गर्ने, पुर्नवास नगरपालिकाको त्रिभुवन स्वास्थ्यचौकी र बेदकोटको दैजी स्वास्थ्यचौकीलाई १५ श्यया र लालझाडी गाउँपालिकाको शङ्करपुर स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १० श्ययाको अस्पताल बनाउने निर्णय गरिएको थियो ।
मन्त्रालयबाट स्वीकृत आधारभूत अस्पताल भवनसम्बन्धी निर्देशिका २०७७ स्वास्थ्य भवन पूर्वाधारको डिजाइन तथा निर्माणसम्बन्धी निर्देशिका २०७३ र भवनको लागत अनुमान तयार गरी सम्बन्धित स्तरोन्नति गरिएका स्वास्थ्यचौकीमा पठाइएको छ । प्रचलित कानून, स्वीकृत मापदण्ड निर्देशिका र राष्ट्रिय भवन संहिता बमोजिम अस्पताल निर्माण गरिनेछ । रासस
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी