
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
पोखरा, ३१ असार । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छिन्। नेकपा एमालेको तर्फबाट गण्डकी प्रदेशबाट २०७६ मा राष्ट्रिय सभा सदस्य बनेकी न्यौपानेलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री नियुक्त गरेका हुन्। घूस काण्डमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्ताको राजीनामापछि रिक्त मन्त्रीपदमा न्यौपानेले यो जिम्मेवारी पाएकी हुन्।
संविधानको धारा ७६ को उपधारा ९ बमोजिम न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मा दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनको राष्ट्रिय सभा कार्यकाल आगामी फागुन २० मा सकिँदैछ। तर, संवैधानिक व्यवस्थाअनुसार संसद् सदस्य नरहे पनि ६ महिनासम्म मन्त्री बन्न सकिन्छ। यो नियुक्तिले न्यौपानेलाई कर्मचारी प्रशासनको नेतृत्व गर्ने शक्तिशाली अवसर प्राप्त भएको छ।
न्यौपानेको नियुक्ति पूर्वमन्त्री राजकुमार गुप्ताको घूस मोलमोलाइ प्रकरणपछि भएको हो। गुप्तामाथि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घूस मागेको अडियो सार्वजनिक भएको थियो। उक्त अडियोमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको नामसमेत मुछिएको छ। गुप्ताले आफूमाथिको आरोप अस्वीकार गरे पनि राजीनामाको दबाबमा पद छोडेका थिए।
तनहुँबाट उदाएकी न्यौपाने नेकपा एमालेकी विश्वासपात्र नेतृ हुन्। २०५१ मा एमालेको साधारण सदस्यबाट राजनीति सुरु गरेकी उनले विद्यार्थी राजनीति, अनेमसंघ तनहुँको नेतृत्व र जिल्ला कमिटी सचिवको भूमिकामा लामो समय बिताइन्। २०६२/६३ को जनआन्दोलनमा उनको सक्रियताले जुझारु नेतृको पहिचान बनाएको थियो।
२०७४ मा भानु नगरपालिकाको मेयरमा पराजित भए पनि उनले हारलाई अवसरमा बदलेकी छिन्। २०७६ मा राष्ट्रिय सभा सदस्य बनेकी उनी पार्टीको सचेतक र दसौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्।
प्रधानमन्त्री ओलीको विश्वास जितेकी न्यौपानेको यो नियुक्तिलाई उनको लगनशीलता र निष्ठाको कदरका रूपमा हेरिएको छ। फागुनमा राष्ट्रिय सभा कार्यकाल सकिनुअघि उनले प्राप्त गरेको यो जिम्मेवारीले उनको राजनीतिक कदलाई थप उजागर गरेको छ। कर्मचारी प्रशासनको नेतृत्व सम्हाल्दै उनले कस्तो छाप छोड्छिन्, त्यो भने हेर्न बाँकी छ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई