News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

बागलुङमा बाढीको कहर : कालुङ्खोला जलविद्युत् आयोजनाको पावरहाउस बगायो, १३० घर अन्धकारमा

आज बिहान आएको बाढी । तस्विर सौजन्य : हरिहर शर्मा

बागलुङ, २५ असार । जैमिनी नगरपालिका-९ पैयुथन्थापस्थित कालुङ्खोला लघुजलविद्युत् आयोजनाको पावरहाउस आज बिहान आएको बाढीले पूर्ण रूपमा बगाएको छ। आयोजना अन्तर्गतको बाँध र गत वर्ष ३५ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको स्टिल पुलसमेत बगाएको छ।

स्थानीय बासिन्दा गंगा आचार्यका अनुसार, बाढीले आयोजनासँगै क्षेत्रको केन्द्रीय विद्युत् प्रसारण लाइनमा रहेको ट्रान्सफर्मरमा समेत क्षति पुर्‍याएको छ। यसले गर्दा पैयुथन्थापका करिब १३० घरमा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द भएको छ।

खरेयाबोट क्षेत्रका दुई परिवार बाढीका कारण विस्थापित भएका छन् भने सात परिवार बाढीपहिरोको उच्च जोखिममा रहेका छन्। बाढीले खेतबारीमा लगाइएको धानबालीमा समेत ठूलो क्षति पुर्‍याएको छ।

यस बाढीको कारण स्थानीय पूर्वाधार मात्र होइन, जनजीवनमा समेत प्रत्यक्ष असर परेको छ। स्थानीय प्रशासन र उद्धार टोली घटनास्थलमा खटिएका छन् भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको जानकारी प्राप्त भएको छ।