
१‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
२पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
३देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
४जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
५फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
६माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
७जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
८उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
९मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१०सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
रसुवा, २५ असार । मंगलबार बिहान अचानक आएको बाढीले रसुवाको रसुवागढी क्षेत्रमा भीषण विनाश मच्चाएको छ। ल्हेन्दे खोला हुँदै आएको लेदोसहितको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाउँदा रसुवागढी–केरुङ सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको छ।
बाढीमा परी हालसम्म ९ जनाको शव फेला परेको छ भने १९ जना अझै बेपत्ता छन्। मृतकमध्ये नेपाली र चिनियाँ नागरिक छन्। रसुवा, नुवाकोट र धादिङमा शव तथा मानव अंग फेला परेका छन्। उद्धार कार्यमा सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय टोली खटिएका छन्।
६४ सवारीसाधन बगाए बाढीले, भन्सार र जलविद्युत् ठप्प
टिमुरे ड्राइपोर्टमा पार्क गरिएका २३ कन्टेनर ट्रक, ३५ विद्युतीय सवारीसाधन र ६ सिनोट्रकसहित ६४ सवारीसाधन बाढीले बगाएको छ। रसुवा भन्सार कार्यालय, अध्यागमन यार्ड, र बगर क्षेत्र पूर्ण रूपमा क्षतिग्रस्त छन्।
बाढीले १११ मेगावाटको रसुवागढी र २० मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ। माथिल्लो त्रिशूली ’ए’ को ड्याममा पनि क्षति पुगेको छ।
के कारण भयो यति ठूलो बाढी?
सरकारी निकाय र विज्ञहरूका अनुसार बाढीको कारण असामान्य वर्षा होइन। मौसम विवरण अनुसार घटनाको २४ घण्टा भित्र लगभग वर्षा नभएको देखिएको छ।
संभावित कारणहरूमाः
ल्हेन्दे खोलाको मुहानमा रहेका हिमताल फुट्नु,
हिमपहिरो वा भू-स्खलन,
सडक निर्माणका कारण आकस्मिक अवरोध थुनिनु रहेका छन् । मौसम विज्ञहरूले भूउपग्रह तस्बिरको विश्लेषण जारी राखेका छन्।
सीमा बन्द, केरुङ नाका खुल्न अझै समय लाग्ने
मितेरीपुल बगेसँगै नेपाल–चीन व्यापारिक सडक सम्पर्क अवरुद्ध भएको छ। रसुवागढी नाका पुनः सञ्चालनमा आउन समय लाग्ने अनुमान छ।
तातोपानी नाकातर्फ पनि चीनको न्यालम क्षेत्रमा आएको बाढीले सडक अवरुद्ध गरेको छ।
नेपालतर्फ १५ गाडी र चीनतर्फ २३ कन्टेनर पानीमा डुबेको पुष्टि भएको छ।
सरकारको निर्णयः राहत, उद्धार र पुनर्निर्माणमा जोड
राष्ट्रिय विपत् परिषद्को बैठकले तत्काल राहत र उद्धार कार्य तीव्र बनाउन निर्देशन दिएको छ। मृतकका परिवारलाई राहत, घाइतेको निःशुल्क उपचार र क्षतिग्रस्त पूर्वाधार पुनःनिर्माणका लागि सम्बन्धित मन्त्रालयलाई जिम्मा दिइएको छ। वैकल्पिक नाका खुलाउने विषयमा पनि छलफल सुरु भएको छ।
त्रिशूलीमा बाढीः चिता बगायो, वृद्ध दम्पती रुख चढेर बचे
धादिङको चरौँदीमा अन्त्येष्टि हुँदै गरेको चिता त्रिशूलीको बाढीले बगाएको छ। तीन शव र दुई वटा खुट्टा त्रिशूली किनारमा भेटिएका छन्।
नुवाकोटका एक वृद्ध दम्पती बाढीबाट बच्न सिसौको रुख चढेर दुई घण्टा बसेपछि सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
मनसुनको एक महिनामै २८ को मृत्यु
१५ जेठदेखि २४ असारसम्मको अवधिमा बाढी, पहिरो र चट्याङबाट देशभर २८ जनाले ज्यान गुमाइसकेका छन् भने १९ अझै बेपत्ता छन्। ७८ जना घाइते भएका छन्, १७ घर पूर्ण रूपमा र ४६ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी