
१असई बनाइदिन्छु भन्दै १० लाख ठगी
२पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
३झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
७जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
८सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
९फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
१२ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
५‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
६१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
७भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१०स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
पोखरा, २४ असार। गण्डकी प्रदेश सरकारले ऐतिहासिक निर्णय गर्दै गुरूङ र मगर भाषालाई सरकारी कामकाजको भाषा मान्यता दिएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकले ‘गुरूङ र मगर भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने व्यवस्था सम्बन्धी विधेयक’ सर्वसम्मत रूपमा पारित गरेको हो।
अब गण्डकीका सरकारी कार्यालयमा गुरूङ र मगर भाषामा निवेदन दिन, योजना माग गर्न, बहस, अध्ययन तथा अनुसन्धान गर्न सकिनेछ। यसले यी भाषालाई संरक्षण, प्रवर्द्धन र व्यवहारिक प्रयोगमा ल्याउने मार्ग खोलिएको सांसद र मन्त्रीहरूले बताएका छन्।
प्रदेशसभा सदस्य वेदबहादुर गुरूङ ‘श्यामु’ ले भने, “गण्डकीमा आफ्नै मातृभाषा प्रयोग गर्न पाउने कानुनी व्यवस्था भएपछि गौरव महसुस भएको छ।” अर्की सांसद कुसुम बुढा पुनले यो विधेयकले बहुसंख्यकले बोल्दै आएको मातृभाषालाई लोप हुनबाट जोगाउने विश्वास व्यक्त गरिन्। तर, लिपि प्रयोगबारे विधेयकको भाषा अस्पष्ट भएको भन्दै उनले आपत्ति जनाइन्।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाका अनुसार, गण्डकीमा मगर समुदायको बसोबास १९.७९% र गुरूङको ११.३१% छ। तर मातृभाषा बोल्ने अनुपात क्रमशः ११% र ७% मात्र रहेकाले भाषाको अस्तित्व जोगाउन तालिम, शिक्षण र दोभाषे नियुक्ति आवश्यक भएको उनले बताए।
विधेयकका प्रमुख व्यवस्था:
दस्तावेज र सेवा : निवेदन, प्रमाणपत्र, सूचना, विज्ञापन र अन्य कागजातहरू मगर र गुरूङ भाषामा तयार गर्न सकिने र मान्यता प्राप्त हुने।शिक्षा र अनुसन्धान: यी भाषामा उच्च शिक्षासम्म अध्ययन, अनुसन्धान, मानकीकरण र विकासमा जोड।
विभेदविरुद्ध प्रावधान : मातृभाषा प्रयोग गर्दा विभेद, बहिष्करण वा अपमानजनक व्यवहार गर्न नपाइने।
अर्थिक व्यवस्था : विधेयक कार्यान्वयनका लागि प्रारम्भमा ४५ लाख रुपैयाँ बजेट विनियोजन। सुरुमा मुख्यमन्त्री कार्यालयदेखि मन्त्रालयसम्म दोभाषे नियुक्त गरिने योजना।
तालिम र शिक्षक तयारी: तीन महिने प्रशिक्षक तालिम सञ्चालन गरी कार्यालय र विद्यालयमा भाषाशिक्षक परिचालन गरिने।
अन्य भाषाप्रति पनि सम्मानस् अन्य भाषाभाषी बाहुल्य भएका पालिकामा सोही भाषामा पाठ्यपुस्तक तयार गर्ने र सेवा प्रवाह गर्न सकिने प्रावधान।
यसअघि बागमती प्रदेशले नेवार र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाइसकेको थियो। गण्डकी प्रदेशको यो कदम पनि नेपालको बहुभाषिक पहिचान र भाषिक अधिकारको सशक्त अभ्यासका रूपमा हेरिएको छ।
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
५‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित