
१छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
३पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
४पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१०सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
११पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
१२सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
५पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
६जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
७डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
८आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
९पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
१०प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
११अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
१२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
पोखरा, २४ असार। गण्डकी प्रदेश सरकारले ऐतिहासिक निर्णय गर्दै गुरूङ र मगर भाषालाई सरकारी कामकाजको भाषा मान्यता दिएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकले ‘गुरूङ र मगर भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने व्यवस्था सम्बन्धी विधेयक’ सर्वसम्मत रूपमा पारित गरेको हो।
अब गण्डकीका सरकारी कार्यालयमा गुरूङ र मगर भाषामा निवेदन दिन, योजना माग गर्न, बहस, अध्ययन तथा अनुसन्धान गर्न सकिनेछ। यसले यी भाषालाई संरक्षण, प्रवर्द्धन र व्यवहारिक प्रयोगमा ल्याउने मार्ग खोलिएको सांसद र मन्त्रीहरूले बताएका छन्।
प्रदेशसभा सदस्य वेदबहादुर गुरूङ ‘श्यामु’ ले भने, “गण्डकीमा आफ्नै मातृभाषा प्रयोग गर्न पाउने कानुनी व्यवस्था भएपछि गौरव महसुस भएको छ।” अर्की सांसद कुसुम बुढा पुनले यो विधेयकले बहुसंख्यकले बोल्दै आएको मातृभाषालाई लोप हुनबाट जोगाउने विश्वास व्यक्त गरिन्। तर, लिपि प्रयोगबारे विधेयकको भाषा अस्पष्ट भएको भन्दै उनले आपत्ति जनाइन्।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाका अनुसार, गण्डकीमा मगर समुदायको बसोबास १९.७९% र गुरूङको ११.३१% छ। तर मातृभाषा बोल्ने अनुपात क्रमशः ११% र ७% मात्र रहेकाले भाषाको अस्तित्व जोगाउन तालिम, शिक्षण र दोभाषे नियुक्ति आवश्यक भएको उनले बताए।
विधेयकका प्रमुख व्यवस्था:
दस्तावेज र सेवा : निवेदन, प्रमाणपत्र, सूचना, विज्ञापन र अन्य कागजातहरू मगर र गुरूङ भाषामा तयार गर्न सकिने र मान्यता प्राप्त हुने।शिक्षा र अनुसन्धान: यी भाषामा उच्च शिक्षासम्म अध्ययन, अनुसन्धान, मानकीकरण र विकासमा जोड।
विभेदविरुद्ध प्रावधान : मातृभाषा प्रयोग गर्दा विभेद, बहिष्करण वा अपमानजनक व्यवहार गर्न नपाइने।
अर्थिक व्यवस्था : विधेयक कार्यान्वयनका लागि प्रारम्भमा ४५ लाख रुपैयाँ बजेट विनियोजन। सुरुमा मुख्यमन्त्री कार्यालयदेखि मन्त्रालयसम्म दोभाषे नियुक्त गरिने योजना।
तालिम र शिक्षक तयारी: तीन महिने प्रशिक्षक तालिम सञ्चालन गरी कार्यालय र विद्यालयमा भाषाशिक्षक परिचालन गरिने।
अन्य भाषाप्रति पनि सम्मानस् अन्य भाषाभाषी बाहुल्य भएका पालिकामा सोही भाषामा पाठ्यपुस्तक तयार गर्ने र सेवा प्रवाह गर्न सकिने प्रावधान।
यसअघि बागमती प्रदेशले नेवार र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाइसकेको थियो। गण्डकी प्रदेशको यो कदम पनि नेपालको बहुभाषिक पहिचान र भाषिक अधिकारको सशक्त अभ्यासका रूपमा हेरिएको छ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
५पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक