News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ

पोखरा, १९ मंसिर । पोखरामा पछिल्लो समय मोटरसाइकलको ठूलो आवाज (हल्ला) ले सर्वसाधारणलाई निकै सास्ती दिएको थियो। साइलेंसर फेरेर, बडी परिवर्तन गरेर ठूलो स्वर निकाल्ने र रातबिरात हल्ला गर्दै हिँड्ने युवाहरूका कारण स्थानीय बासिन्दा हैरान थिए। यही समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले चलाएको विशेष अभियान ‘अप्रेशन ३६५’ अन्तर्गत पछिल्लो समय राहत महसुस हुन थालेको छ।

यही क्रममा मंगलबार (मंसिर १८ गते) वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले ठूलो आवाज निकाल्ने र प्रहरी जाँचको बेला झैझगडा गर्ने चार जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। उनीहरूमाथि कानुनी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए ।

सूचना अधिकारी गणेश पाण्डेका अनुसार पक्राउ पर्नेहरूमा पोखरा–१४ का २० वर्षीय मनीष केसी (ग २१ प ६१७१ नम्बरको मोटरसाइकल), पोखरा–८ का २२ वर्षीय कृष्ण मल्ल (लु ३० प ५५६१), पोखरा–२४ का २४ वर्षीय मनोज नेपाली (ग २० प २९२२) र पोखरा–१७ का २७ वर्षीय बिशेष पुर्जा (ग १५ प २०४७) रहेका छन् ।

प्रहरीका अनुसार ‘अप्रेशन ३६५’ अभियान सुरु भएयता अहिलेसम्म १८९ वटा यस्ता मोटरसाइकल नियन्त्रणमा लिइ आवश्यक कारवाही गरेर छाडिएको छ। प्रहरीले आम नागरिकसँग पनि सहयोग मागेको छ। यदि तपाईंको गाउँ–टोलमा साइलेंसर फुटाएर आगोको झिल्कासहित ठूलो हल्ला गर्दै हिँड्ने मोटरसाइकल देखिएमा तुरुन्त जानकारी दिन अनुरोध गरिएको छ।

सूचना दिने नम्बरहरू:
नेपाल प्रहरी हटलाइन : १००
ट्राफिक हटलाइन: १०३
नजिकको प्रहरी चौकी वा कार्यालय

‘सूचना दिने व्यक्तिको नाम–ठेगाना पूर्ण गोप्य राखिने छ,’ सूचना अधिकारी प्रहरी निरीक्षक पाण्डेले भने–‘पोखरालाई शान्त र सुरक्षित बनाउन सबैको साथ चाहिन्छ ।’

डनन्यूज ट्रेन्डिङ