
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
काठमाडौँ, २२ मंसिर । काठमाडौँको सिनामङ्गलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै ४ महिने छोरा माहिर कार्कीको हत्या गरेका छन्। आइतबार अपराह्न डेरा कोठामा भएको यो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कार्कीलाई नागढुङ्गा नाकाबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार छोराको ब्रेन ट्युमरको उपचारको विषयलाई लिएर कार्की र उनकी श्रीमतीबीच विवाद भएको थियो। विवाद चर्किएपछि आवेगमा आएका कार्कीले छोराको घाँटी थिचेर हत्या गरेका हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रयोग भएको वा नभएकोबारे स्पष्ट उल्लेख नभए पनि घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ।
घटनामा कार्कीले श्रीमतीलाई पनि कुटपिट गरेर घाइते बनाएका छन्। घाइते श्रीमतीको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ। यो घटनाले प्रहरी परिवारभित्रै मानसिक स्वास्थ्य, पारिवारिक तनाव र रिस नियन्त्रणको गम्भीर प्रश्न उठाएको छ।
अभियुक्त पुष्कर कार्की (२९ वर्ष, मूल घर डोटी) र उनकी श्रीमती दुवै नेपाल प्रहरीमा कार्यरत छन्। कार्की सहायक निरीक्षक र उनकी श्रीमती प्रहरी जवान पदमा छन्। उनीहरू दुवैजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा खटिएका थिए।
घटनालगत्तै फरार भएका कार्कीलाई प्रहरीले आइतबार साँझ करिब ६ बजे नागढुङ्गा चेकपोष्टबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका कार्कीलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन