News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

रसुवा बाढी: १८ जना बेपत्ता, नेपालीहरूमा अधिकांश मजदुर, ९ जनाको उद्धार, खोजी कार्य जारी

बेपत्तामध्ये ३ प्रहरी, ६ चिनियाँ नागरिक र ९ नेपाली कामदार

रसुवा, २४ असार । मंगलबार राति आएको भीषण बाढीले रसुवाको टिमुरे क्षेत्रको भोटेकोसी किनारमा ठुलो क्षति पुर्‍याएको छ। चीनतर्फबाट आएको बाढीले १८ जना बेपत्ता भएका छन्। जसमध्ये धेरैजसो नेपाली मजदुर रहेको पुष्टि भएको छ।

सुरक्षा निकायका अनुसार, नेपाल प्रहरीका ३ जना जवान, ६ जना चिनियाँ नागरिक र ९ जना अन्य नेपाली नागरिक बेपत्ताको सूचीमा परेका छन्। सशस्त्र प्रहरीका अनुसार, उद्धार टोलीले ९ जनालाई जीवितै उद्धार गरेको छ, भने बाँकीको खोजी कार्य जारी छ।

प्रहरी र मजदुर बेपत्ता
बेपत्तामा पर्ने प्रहरीहरू हुन् :
प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ
प्रहरी जवान मुन्ना ठाकुर
प्रहरी जवान लोकेन्द्र बोहोरा
यी तीनैजना इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत थिए।

चिनियाँ नागरिकको नाम सूचीबद्ध :
सशस्त्र प्रहरीबाट प्राप्त विवरणअनुसार, बेपत्ता हुने ६ जना चिनियाँ नागरिकको नाम निम्न प्रकार छन् :

YU YUE
LI HUAQING
YANG CHUAN
YU HAI HANG
YOU XIAO QIU
र JOU YONG छन् ।

नेपाली बेपत्तामध्ये धेरै श्रमिक :
बेपत्ता नेपालीहरूको नाम यसप्रकार छ:
जिपन चौधरी – बर्दिया
सन्तोष दइत – बर्दिया
बुद्धिराम थारु – बर्दिया
लक्ष्मीनारायण थारु – बर्दिया
सुरेश थारु – बर्दिया
नरेन्द्र विक – बाग्लुङ
फुर्वा लामा – कन्टेनर चालक
गोविन्द मोक्तान – मिक्चर चालक
लोकमान तामाङ – हाइलक्स चालक

भौतिक संरचनामा ठूलो क्षति
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ।  त्यस्तै, भन्सार यार्डमा रहेका सातवटा इभी गाडीहरू पनि बगाएका छन्। रसुवागढी जलविद्युत् आयोजनाको ड्याम र निर्माण क्याम्पमा पनि क्षति पुगेको प्रहरीको भनाइ छ।

खोज तथा उद्धार जारी
हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा उद्धार र खोजी कार्य तीव्र पारेका छन्। तर भोटेकोसीमा पानीको बहाव अझै उच्च रहेकाले उद्धारमा चुनौती रहेको प्रशासनले जनाएको छ।