
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
रसुवा, २४ असार । मंगलबार बिहान आएको भीषण बाढीले रसुवाको भोटेकोसी नदी किनारमा ठुलो क्षति पु¥याएको छ। बाढीले ३ जना प्रहरी, ९ जना नेपाली सर्वसाधारण र ६ जना चिनियाँ नागरिकलाई बगाएको आशंका गरिएको छ। हालसम्म उनीहरू सम्पर्कविहीन छन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीले भन्सार यार्ड क्षेत्रमा रहेका धेरैलाई बगाएको हो। बेपत्तामा परेका प्रहरीहरूमा असई लालबहादुर श्रेष्ठ, मुन्ना ठाकर र लोकेन्द्र बोहरा छन्।
बाढीले मितेरी पुल पनि बगायो
नेपाल–चीन व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने मितेरी पुल बाढीले बगाएको छ। त्यससँगै भन्सार यार्डमा रहेका कन्टेनर, सवारीसाधन र टिमुरे ईभी चार्जिङ स्टेशनमा पनि ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ। रसुवागढी जलविद्युत आयोजनाको ड्यामसमेत क्षतिग्रस्त भएको छ।
उद्धारमा कठिनाई
सशस्त्र प्रहरी बलका अनुसार बाढीका कारण केहीको उद्धार गर्न सकिए पनि अझै थुप्रै फसेका छन्। चारैतिरबाट पानी आइरहेको हुँदा उद्धार कार्य कठिन बनेको छ। हाल ९४ जना प्रहरी परिचालन गरिएको छ।
बाढीका कारण धुन्चेदेखि टिमुरेसम्मको सडक अवरुद्ध भएको छ। यसले रसुवाको आवतजावत र आपतकालीन सहायता कार्यमा थप कठिनाइ थपेको छ।
चिनियाँ भूभागमा वर्षाले ल्यायो बाढी
प्रशासनका अनुसार चीनतर्फको भिषण वर्षाका कारण भोटेकोसीमा पानीको सतह एक्कासी बढेर बाढी आएको हो। नदीको बहाव अझै बढिरहेकाले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
स्थिति अझै जटिल छ। उद्धार कार्य जारी छ। बेपत्ताको खोजी र क्षतिको मूल्याङ्कन भइरहेको छ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर