
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
काठमाडौँ, २४ असार । स्याङ्जाको आँधीखोलामा भइरहेको अवैध गिट्टी–बालुवा उत्खननको विरोध गर्दा आक्रमणमा परेका संरक्षणकर्मी दिनकर नेपाल र मेघ आले न्याय खोज्दै काठमाडौँ आइपुगेका छन्। उनीहरूमाथि रड प्रहार गर्ने मुख्य आरोपी, वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनाल अझै पक्राउ परेका छैनन्।
संरक्षणकर्मीहरूले बताएअनुसार, असार ३ गते आँधीखोला संघर्ष समितिले उत्खनन भइरहेको स्थानमा डोजरमा विरोधस्वरूप ब्यानर टाँसेका थिए। सोही कार्यक्रममा वडाध्यक्ष खनाल आएर ब्यानर च्यात्न लगाएपछि विवाद चर्किएको थियो। त्यसको केही समयपछि, उनीहरू कार्यक्रम सकेर फर्किंदै गर्दा बाटोमा ढुकेर वडाध्यक्ष खनाल नेतृत्वको समूहले उनीहरूलाई रोकेको थियो।
“बाइक रोक्ने बित्तिकै रडले टाउकोमा प्रहार भयो,” दिनकर नेपाल भन्छन्, “धन्न हेलमेट लगाएको थिएँ, ज्यान जोगियो। हातले छेक्दा फ्याक्चर भयो।” उनी पोखराको अस्पतालमा उपचारपछि काठमाडौँ आइपुगेका हुन्।
मेघ आलेका अनुसार, पुलनजिकैको क्षेत्र (जहाँ उत्खनन निषेध गरिएको छ) मा नै निरन्तर उत्खनन भइरहेको थियो। त्यसले खेतबारी र बस्ती जोखिममा परेको भन्दै उनीहरूले आवाज उठाएका थिए। “संविधानले दिइएको अधिकार प्रयोग गर्दा हामीमाथि आक्रमण भयो,” आलेले भने।
आरोपित अझै फरार, एक मात्र पक्राउ
घटनापछि वडाध्यक्ष खनालसहित ६ जनाविरुद्ध उजुरी दिइएको थियो। तर, हालसम्म साजन पंगेनी नाम गरेका एक जनामात्र पक्राउ परेका छन्। बाँकी अझै फरार छन्।
स्याङ्जा प्रहरीका डिएसपी दीपककुमार शाहका अनुसार, “घटना गम्भीर छ। अनुसन्धान र खोजी भइरहेको छ।”
तर, पीडित पक्षको आरोप छ — राजनीतिक संरक्षणका कारण प्रहरीले दोषीलाई जोगाइरहेको छ। “स्थानीय सरकार र प्रहरीबीचको मिलेमतोमा आक्रमणकारीहरू खुलेआम हिँडिरहेका छन्,” नेपालले भने।
“संरक्षणको आवाज उठाउनेलाई समाजले भँडुवा भन्छ”
दिनकर नेपाल र मेघ आले दुवैले प्राकृतिक स्रोतको दोहनबारे सामाजिक सञ्जाल र जनचेतनामार्फत आवाज उठाउँदै आएका थिए। नेपालले भने, “सचेत नागरिकको हैसियतले बोलें, तर समाजले भँडुवा भनेर ट्याग लगाइयो।”
आलेले भने, “बजार जोगाउने भन्दै नदी दोहन गरिँदैछ। तर वास्तविक जोखिम खेतबारी र बासिन्दालाई छ। यो दोहनको नाममा व्यापार चलिरहेको छ।”
कानुन, अधिकार र चेतनाको आवाज दबाउने प्रयास
ललितपुरमा आयोजित छलफल कार्यक्रममा सहभागी अधिकारकर्मीहरू, वातावरणविद् र वकिलहरूले यो घटनालाई गम्भीर आपराधिक गतिविधिका रूपमा लिए। लेखक कनकमणि दीक्षितले भने, “स्थानीय सरकारले डन्डा लगाउन थाल्यो भने लोकतन्त्रको जग हल्लिन्छ।”
वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले भने, “वातावरणका पक्षमा बोल्दा प्रलोभन र धम्की दुवै आइरहेको छ। अहिले संरक्षण गर्नेको हालत यस्तो छ भने, भविष्य कस्तो होला?”
संरक्षणकर्मी अर्जुन ढकालले नदीजन्य पदार्थ राजनीतिज्ञहरूको कमाइको स्रोत बनेको बताए। “देशैभरि यो समस्या छ। अब मौन बस्न मिल्दैन,” उनले भने।
वातावरणविद् भूषण तुलाधरले आँधीखोलाको घटनालाई सामान्यीकरण गर्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरे। “यो एक जीवन समर्पित संरक्षणकर्मीमाथि प्रहार हो,” उनले भने।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई