
१पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
६पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
७सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
८प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
९अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
१०न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
११आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
१२पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
५पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
६डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
७आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
८जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
९पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
१०प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
११अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
१२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
संघका महासचिव डा. सञ्चिव तिवारीमाथि अदालतको अवहेलना मुद्दा
पोखरा, २३ असार । उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलनमा उत्रिएका चिकित्सकहरूले सोमबार आज देशभर आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेपछि अस्पतालमा उपचार गराउन गएका सर्वसाधारण नागरिक ठूलो सास्तीमा परेका छन्।
काठमाडौंका वीर, पाटन, त्रिवि शिक्षण अस्पतालदेखि पोखरा लगायत देशभरका प्रमुख अस्पतालहरूमा ओपीडी सेवा बन्द हुँदा नियमित चेकजाँच, फलोअप, अपरेसनको मिति पर्खिएका बिरामीहरू अलपत्र परेका छन्। अस्पतालको गेट बाहिर बिहानैदेखि बिरामीहरू छटपटिएको दृश्य देखिएको छ।
असार २४ गते सबै चिकित्सकको प्रमाणपत्र नेपाल मेडिकल काउन्सिलमा फिर्ता बुझाउने चेतावनी
आन्दोलनको नेतृत्व गरिरहेको नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको पछिल्ला फैसलालाई चिकित्सकहरूप्रति नियोजित हमला भनेको छ। संघका अनुसार ओम, हिमाल र ग्रान्डीसिटी अस्पतालका चिकित्सकलाई अदालतले क्षतिपूर्ति तिर्न लगाउने निर्णय अनुचित छ।
संघका अध्यक्ष डा. अनिलविक्रम कार्की भन्छन्, ‘चिकित्सकमाथि राज्यले प्रतिशोध स्वरूप कारबाही गरिरहेको छ। समस्याको समाधान नभएसम्म आन्दोलन जारी रहन्छ।’
स्वास्थ्य सेवा सरकारद्वारा ‘अत्यावश्यक सेवा’ घोषणा गरिएको क्षेत्र हो, जहाँ हडताल गर्न कानुनले रोक लगाएको छ। तर संघले त्यसलाई बेवास्ता गर्दै असार २० बाट आन्दोलन थालेको हो, जसको चरम रूप आज देखिएको छ।
संघका महासचिव डा. सञ्चिव तिवारीमाथि अदालतको अवहेलना मुद्दा समेत चलिरहेको छ। पाटन उच्च अदालतले उनीविरुद्ध कारण देखाऊ आदेश जारी गरिसकेको छ।
संवेदनशील सेवा ठप्प पार्नु नै गलत
आन्दोलनको प्रत्यक्ष असर बिरामी र जनतामाथि परेको छ। देशका विभिन्न जिल्लाबाट राजधानी आएका गम्भीर बिरामी पनि उपचार नपाएर फर्किनुपरेको छ। कतिपयको महिनौँ पर्खेर पाएको अपरेसनको मिति आजै थियो, तर डाक्टर नआएपछि स्थगित भएको छ ।
एकातिर चिकित्सकहरू राज्यद्वारा अन्याय भएको भन्दै विरोधमा छन्, अर्कातिर उपचार नपाएर सर्वसाधारण नागरिक दुःख भोगिरहेका छन्। आम नागरिक र अधिकारकर्मीहरूले यस्तो संवेदनशील सेवा ठप्प पार्नु नै गलत भएको भन्दै कडा आलोचना गरेका छन्।
नेपाल चिकित्सक संघले अब असार २४ गते सबै चिकित्सकको प्रमाणपत्र नेपाल मेडिकल काउन्सिलमा फिर्ता बुझाउने चेतावनी दिएको छ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
५पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक