
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
काठमाडौँ, २१ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेता शेखर कोइराला पक्षका नेताहरूले सरकारमा रहेका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्न माग गरेका छन्। साथै, मंसिरभित्रै महाधिवेशन गर्न दबाब दिएका छन्।
शुक्रबार बसेको बैठकमा कोइराला पक्षका डा. गोविन्द पोखरेलले सरकार नीतिगत रूपमा कमजोर भएको टिप्पणी गर्दै भने, “गठबन्धनले सरकार त टिकायो, तर नीति र मार्गदर्शन दिन सकेन। संविधान संशोधनजस्तो महत्वपूर्ण विषय पनि ओझेलमा पर्यो।”
पोखरेलले एक साताभित्र मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्ने र सुशासन तथा पारदर्शितामा पार्टीले उदाहरणीय भूमिका खेल्नुपर्ने बताए। देशको आर्थिक अवस्था कमजोर भएको, बेरोजगारी बढेको र जनतामा निराशा छाएको उनले उल्लेख गरे।
महाधिवेशनको मिति सार्ने कुराले पार्टी कमजोर हुने भन्दै कोइराला पक्षले मंसिरभित्रै १५औँ महाधिवेशन गर्न माग गर्यो। “देशमा अहिले महाधिवेशन रोक्नु पर्ने कुनै विशेष परिस्थिति छैन,” पोखरेलले भने, “अब ढिलो नगरी तालिका सार्वजनिक गरियोस्।”
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियताका कारण फेरि कम्युनिस्ट एकताको सम्भावना रहेको चर्चा गर्दै उनले कांग्रेसले मिशन ०८४ लाई लिएर तत्काल गम्भीर रूपमा अघि बढ्नुपर्ने धारणा राखे। “लोकतन्त्र जोगाउन कांग्रेस गतिशील हुनैपर्छ,” उनले जोड दिए।
पोखरेलको धारणा समर्थन गर्दै अमृत अर्याल, सरिता प्रसाईं, गेहेन्द्र गिरी, तारामान गुरुङ, राजीव ढुंगाना र उमेशजंग रायमाझीलगायत नेताहरूले पनि महाधिवेशन र पारदर्शिताको पक्षमा बोले।
संस्थापनको जवाफ : “महाधिवेशन समयमा नै हुन्छ”
संस्थापन पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्कीले महाधिवेशनको मिति अनावश्यक बहसको विषय नबनाउन आग्रह गर्दै भने, “महाधिवेशन हाम्रो जिम्मा हो, हामी समयमै गराउँछौं। मितिबारे प्रश्न गर्नुको साटो तयारीमा लागौं।”
उनले कांग्रेसकै नेतृत्वमा देशको भविष्य सुनिश्चित हुने भन्दै वडा तहदेखि अधिवेशन सुरु गर्नुपर्ने धारणा राखे। सुजाता परियार, रामहरि खतिवडा, सुशीला थिङ, डा. जीवन राना लगायतले पनि पार्टी एकता र अनुशासनमा जोड दिए।
सभापति खतिवडाको भनाई: “पार्टीले भने पद छाड्न तयार”
निजामती विधेयकको ‘कुलिङ पिरियड’ विवादमा परेका राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले बैठकमा पार्टीले निर्देशन दिए संसदीय समिति सभापति पद छाड्न तयार रहेको बताए। “यदि सभापतिको हैसियतमा गल्ती भयो भने, पार्टीले बाहिर बस् भने म तयार छु,” उनले भने।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई