News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डन न्यूज खोज प्रमुख समाचार

सैनिक कल्याणकारी कोषको भ्रष्टाचारमा जर्नेलसहित दुई बर्खास्त

पूर्वसैनिकमध्ये आत्मराम थापा पुर्पक्षका लागि थुनामा, लक्ष्मण अधिकारी अमेरिका फरार

काठमाडौं, २० असार । नेपाली सेनाको कल्याणकारी कोषमा सवा २ करोड रुपैयाँ हिनामिनामा संलग्न भेटिएपछि सहायक रथी रोशन खड्का र सेनानी बोधराज कार्की बर्खास्त भएका छन्। सैनिक विशेष अदालतले उनीहरूलाई बर्खास्ती र सम्पूर्ण रकम असुल गर्ने फैसला गरेको हो।

२०७३ देखि २०७५ सम्म फर्जी अवकाशप्राप्त सैनिक देखाएर उनीहरूको नाममा चेक काटी २ करोड २१ लाख रुपैयाँ हिनामिना गरिएको छ। सैनिक ऐन २०६३ को दफा १०१ अनुसार कारबाही गरिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।

चारजनाको मिलेमतोमा योजनाबद्ध रूपमा रकम दुरुपयोग

यस प्रकरणमा संलग्न दुई पूर्वसैनिकमध्ये आत्मराम थापा पुर्पक्षका लागि थुनामा छन् भने लक्ष्मण अधिकारी अमेरिका भागेका छन्। आन्तरिक छानबिनले चारजनाको मिलेमतोमा योजनाबद्ध रूपमा रकम दुरुपयोग भएको देखाएको छ।

हालको बैंकिङ प्रणालीले यस्ता हिनामिना रोक्न सहयोग पुग्ने सैनिक अधिकारीहरूको भनाइ छ।