
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
काठमाडौं, १८ असार । कर्णाली विकास बैंकमा भएको अर्बौं रुपैयाँको हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पशुपति दयाल मिश्र नेकपा एमालेका केन्द्रीय सदस्य रहेको खुलासा भएको छ ।
पूर्व जिल्ला विकास समिति (जिविस) सभापति तथा मधेस आन्दोलनबाट उदाएका मिश्रलाई बुधबार नेपालगञ्जबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता एसपी युवराज खड्काका अनुसार मिश्रलाई बाँकेमै राखेर अनुसन्धान अगाडि बढाइएको छ। उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गत अनुसन्धान भइरहेको छ भने नेपाल राष्ट्र बैंक अनुसन्धानमा समन्वयकारी भूमिकामा छ।
पशुपति दयाल मिश्रको राजनीतिक यात्रा विवादास्पद घेराबन्दीमा परेको छ । बैंकको कार्यकारी नेतृत्व सम्हालेकै बीचमा उनी २०७४ सालको प्रतिनिधिसभा चुनावमा बाँके–२ बाट स्वतन्त्र समूहका तर्फबाट, सूर्य चिन्ह लिएर उम्मेदवार बनेका थिए। तर, पराजित भएपछि एमाले प्रवेश गरे र त्यसपछि केन्द्रीय सदस्य बन्न पुगे।
एमाले प्रवेशलगत्तै उनलाई पार्टीले नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका लागि टिकट प्रदान ग¥यो। तर, निर्वाचनमा उनले ११,६७५ मत मात्र पाएर पुनः पराजय भोगे। त्यही चुनावमा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट २३,४६० मतसहित विजयी भए।
मिश्र २०६६ देखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष थिए। बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी हिनामिना भएको भन्दै उजुरी परेको छ।
यस प्रकरणमा मिश्रसँगै बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पनि पहिले नै पक्राउ परिसकेका छन्।
राजेन्द्रवीर राय बैंकको ८० प्रतिशत संस्थापक सेयरधनी हुन्। उनी २०६० सालमा स्थापना भएको बैंकका प्रारम्भदेखि १५ वर्षसम्म कार्यकारी अध्यक्ष तथा सीईओ को रूपमा कार्यरत थिए।
रायकै नेतृत्वमा बैंक सञ्चालन हुँदै आएको थियो भने अपचलनका मुख्य योजनाकारसमेत उनी नै भएको प्रारम्भिक छानबिनले देखाएको छ।
बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले बैंकमा गम्भीर वित्तीय अनियमितता भएको ठहर गरिसकेको छ।
यसबारे थप प्रमाण संकलन र अभियोजनको तयारीका लागि सीआईबीबाट डीएसपी दान थापाको नेतृत्वमा एक अनुसन्धान टोली बाँके खटिएको छ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने