
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
काठमाडौं, १७ असार। सांसद जनार्दन शर्मा संघीय निजामती सेवा विधेयक २०८२ मा रहेको ‘कुलिङ पिरियड’ हेरफेर प्रकरणमा सांसद जनार्दन शर्माले गम्भीर आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा नेकपा (माओवादी केन्द्र) का नेता शर्माले यस्तो हेरफेर संसदको सार्वभौम अधिकारमाथि हस्तक्षेप भएको टिप्पणी गरे।
सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउँदै बैठकबाट बाहिरिँदै गर्दा शर्माले भने, “यो कार्यले संसदको उपहास भएको छ। समितिले पारित गरेभन्दा बाहिर गएर हेरफेर गरिएको समितिका सदस्यहरूको भनाइ छ। सभापतिले पनि ‘मेरो जानकारीबिना भयो’ भन्नुभएको छ।”
उनले यो कार्यलाई षड्यन्त्र, बदमासी र तुच्छ संज्ञा दिँदै थपे, “संसदको सम्मान मिच्ने गरी जुनकुरा गरियो, त्यो योजनाबद्ध र नियतवश गरिएको देखिन्छ।”
सांसद शर्माले सो प्रकरणको छानबिन आवश्यक भएको भन्दै जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाए। “सचिवले लिने ? सभापतिले ? कि समितिले ? जिम्मेवारी लिनैपर्छ,” उनले भने।
उनले भने, “यदि कानुनमै यसरी छलछाम हुन्छ भने, जनताले कसलाई विश्वास गर्ने ? व्यवस्थापिकामाथि कसरी विश्वास गर्ने ? कानुनप्रति विश्वास कसरी कायम रहने ?”
शर्माले घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाही हुनुपर्ने स्पष्ट पारे। “छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाएर मात्रै यो अवस्था सच्चाउने दिशामा अघि बढ्न सकिन्छ,” उनले चेतावनी दिए।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर