
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा, १६ असार । असार १६ गते जनयुद्धको समयमा राज्यपक्षबाट २१ वर्ष अघि मारिएका सहिदहरुको स्मृतिमा सहिद परिवार समाज कास्कीले सोमबार आज स्मृति सभाको आयोजना गरेको छ ।
आजैंका दिन राज्यपक्षबाट महान सहिदहरु विजय बास्तोला ‘अजित’, कोपिला रानाभाट ‘सुमन’, देवेन्द्र पोखरेल ‘संकल्प’, उषा लामिछाने ‘प्रज्ञा’ र कुमार विष्ट ‘तुफान’ लगायतको कठोर यातना दिएर हत्या गरिएको थियो ।
२१ औं स्मृतिसभामा सहिद अजितका पुत्र प्रकाश बास्तोलाले देश परिवर्तनका लागि आफूलाई हाँसी–हाँसी बलिदान दिन तयार भएका महानसहिदहरुको बलिदान र त्यागको उचित मूल्यांकन र प्राप्त उपलब्धिलाई संरक्षण गर्न नसकिएकोमा चिन्ता व्यक्त गरे ।
सहिद पुत्र प्रकाशले बुबाको रगतले सिञ्चिएको महान जनयुद्धबाट प्राप्त गणतन्त्रले नेताहरुलाई सत्तामा पु¥याए पनि उनीहरुले वेपत्ता, घाइते, सहिद अनि जनयुद्धका इमान्दार कार्यकर्ताहरुको रक्षा र संरक्षण गर्न नसकेको आरोप लगाए ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै सहिदपत्नी देवी तिवारी बास्तोलाले आफ्नो परिवारको लागि असार १६ गते कालो दिन भएपनि देश र जनताका लागि हाँसीहाँसी सहादत प्राप्त गर्नुभएको आफ्ना श्रीमान विजयको समर्पणप्रति सदा श्रद्धाअर्पण गर्दै बाँचिरहेको रहेको भन्दैं भावविह्वल भईन् ।
साना तीन बालबालिका हुर्काउँदैं श्रीमान विजयले रोज्नुभएको क्रान्तिको बाटोमा हिडिरहेको हाम्रो परिवारबाट पुनः छोरा प्रकाश बाबुको मार्ग पछ्याउँदैं निरन्तर क्रान्तिमा होमिरहेको बताईन् । उनले वेपत्ता, सहिद र घाइते परिवारको अवस्थालाई तत्कालिन माओवादीले भूल्न नहुने र जतिसक्दो वेपत्ता परिवारको विषयलाई टुङ्गो लगाउनुपर्नेमा जोड दिईन् ।
स्मृतिसभामा नेकपा माओवादी केन्द्रका नेताहरु तेजकुमारी पौडेल, दीपक कोइराला, अमोद किरण र नेपाल कम्युनिष्ट पार्टीका उमा भूजेल ‘सिलु’ लगायतले सहिदको त्याग, बलिदान र योगदानका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

सहिदपत्नी देवी तिवारी बास्तोला सहिदको तस्विरमा माल्यार्पण गर्दै ।
सिद्ध गाविस–१, टाकान्जाका विजय बास्तोलाई ३६ वर्षको उमेरमा तत्कालिन शाही सेनाले आजैंका दिन अर्मला गाविसको अर्मलाकोटमा चरम यातना दिएर गोली हानी हत्या गरेको थियो । त्यसैगरी तत्कालिन कास्कीकोट गाविस–८ कि कोपिला रानाभाटलाई २३ वर्षको उमेरमा ल्वाङघलेल गाविसमा शाही सेनाले पक्राउ गरी चरम यातना दिई आजैंका दिन गोली हानी हत्या गरेको थियो ।

सहिदपुत्र प्रकाश बास्तोला आफ्ना बुबा अजित लगायत सहिदको तस्विरमा माल्यार्पण गर्दै ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता एवम् जेल ब्रेकर उमा भुजेल शिलु सहिदहरुको तस्विरमा फुल चढाउँदैं ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता सावित्री दुरा आस्था सहिदहरुको तस्विरमा फुल चढाउँदैं ।

नेकपा माओवादी केन्द्रका नेता दीपक कोइराला सहिदहरुको तस्विरमा फुल चढाउँदैं ।

नेकपा माओवादी केन्द्रका नेता किरण थापा ‘अमोद’ स्मृतिसभामा आफ्नो मन्तव्य राख्दैं ।

स्मृतिसभामा सहिदहरुको तस्विरमा माल्यार्पण गर्दै ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर