
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
७रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१०गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
काठमाडौँ, १६ असार । देशभरको निरन्तर वर्षासँगै सम्भावित बाढी, पहिरो र विपद्को जोखिमलाई ध्यानमा राख्दै तीनवटै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ। गृह मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ‘हाई अलर्ट’मा रहन निर्देशन दिएको हो।
आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद् बैठकले विपद् जोखिम न्यूनीकरणका लागि सेना, प्रहरी, स्थानीय प्रशासन तथा निजी क्षेत्रका हेलिकप्टरसम्म तयारी अवस्थामा राख्ने निर्णय गरेको हो।
हेलिकप्टरदेखि स्थानीय एफएमसम्म प्रयोग गर्ने तयारी
बैठकमा गृहमन्त्री रमेश लेखकले जोखिममा तत्काल उद्धार सम्भव हुने गरी सेना र निजी हेलिकप्टर तयारी अवस्थामा राखिएको जानकारी दिए। साथै, भारी वर्षा हुने स्थानहरूमा रातिको समयमा सवारीसाधन रोक्न तथा पूर्वसूचना नमान्नेमा कडाइ गरिने पनि स्पष्ट पारिएको छ।
गृहमन्त्री लेखकका अनुसार, सवारी सञ्चालन निषेध गरिएका क्षेत्रमा हुने दुर्घटनाको जिम्मेवारी सम्बन्धित जिल्ला प्रशासन र चेकपोस्टका प्रहरी प्रमुखले लिनुपर्नेछ।
सूचना व्यवस्थापनलाई प्राथमिकता
बैठकमा स्थानीय एफएम रेडियो, सामाजिक सञ्जाल र मौसम बुलेटिनमार्फत जोखिम क्षेत्रमा सूचनाको प्रभावकारी प्रसारण गर्न निर्देशन दिइएको छ। साथै, विपद् प्रभावित क्षेत्रमा तत्काल रिपोर्टिङ र उद्धारको व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ।
प्रधानमन्त्रीको जोड : सूचना प्रभावकारी होस्, तयारीमा कमी नहोस्
कार्यवाहक प्रधानमन्त्री सिंहले वर्षायाममा नागरिकको जीवनरक्षा सर्वोपरि रहेको भन्दै कुनै पनि निकायले तयारीमा कमजोरी नगर्न निर्देशन दिए। उनले भने, “पूर्वसूचना प्रभावकारी बनाउन सकियो भने धेरै क्षति रोक्न सकिन्छ। त्यसैले सूचनाको व्यवस्थापन कडाइका साथ लागू गर्न आवश्यक छ।”
बर्षा अझै जारी, सतर्क रहन आग्रह
वातावरण विभागको अनुसार आगामी केही दिन अझै निरन्तर वर्षा हुने सम्भावना रहेकाले सबै नागरिकलाई सतर्क रहन र सरकारी निर्देशन पालना गर्न आग्रह गरिएको छ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद