
१काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
२कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
३स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
४नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
८सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
९मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१०गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
११तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
१२लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
१०सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
काठमाडौं, १६ असार । नेपाली महिला फुटबल टिमले आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल ऐतिहासिक बनाउँदै एएफसी महिला एसियन कप छनोटको समूह ‘एफ’ अन्तर्गत पहिलो खेलमा लाओसलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जितसँगै सावित्रा भण्डारीले कप्तानी डेब्युमा ह्याट्रिकसहित ४ गोल गरेकी छन्।
तास्केन्तमा आइतबार भएको खेल नेपाली महिला फुटबलको इतिहासमै विशेष बन्यो—कप्तानीको नयाँ अध्याय, प्रशिक्षकको पहिलो जित, नयाँ खेलाडीको डेब्यु र १००औं खेलमा फराकिलो नतिजा।
सावित्राको ह्याट्रिकसहित ४ गोल
कप्तानको आर्मब्यान्डसहित मैदानमा उत्रिएकी सावित्रा भण्डारीले ४४औं, ५५औं, ७५औं र ७६औं मिनेटमा गोल गर्दै कप्तानी डेब्युमा उत्कृष्ट प्रदर्शन गरिन्। साथै, उनी नेपालको महिला टिमको ११औं कप्तान बनेकी हुन्।
अन्य गोलकर्तामा अनिता बस्नेत (१२’), सरु लिम्बु (४७’), रश्मि घिसिङ (५६’) र अनिता केसी (८३’) रहे। लाओसले एक आत्मघाती गोल गर्दै नेपालको अन्तिम स्कोर ९-० बनायो।
नयाँ प्रशिक्षकको डेब्युमा सानदार नतिजा
बेल्जियन मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डको राष्ट्रिय टिम डेब्यु पनि जितसँगै सुरू भयो। उनीद्वारा अपनाइएको फरक रणनीतिअनुसार नेपालले तीन डिफेन्डरसहित अट्याकिङ फुटबल खेलेको थियो। पहिलो रोजाइमा प्रीति राईको सट्टा अनिता बस्नेत, र सरस्वती हमालको डेब्यु समेत गराइएको थियो।
कप्तानीको निर्णयमा अन्योल
खेल सुरू हुनु अघिसम्म एन्फाले रेनुका नगरकोटेलाई कप्तान घोषणा गरे पनि खेल सुरु हुँदा सावित्राले कप्तानीको भूमिका निभाइन्। यो परिवर्तनको स्पष्ट कारण सार्वजनिक गरिएको छैन, जसले व्यवस्थापनप्रति केही प्रश्न उठाएको छ।
१००औं खेलको पृष्ठभूमि
चार दशक लामो अन्तर्राष्ट्रिय इतिहासमा नेपाली महिला टिमले १००औं खेल पूरा गरेको हो। यसमध्ये ४७ खेलमा जित, १६ बराबरी, ३७ हार र शून्य उपाधि रहेको छ। नेपालले सन् १९८६ देखि एएफसी र अन्य क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ।
साफ उपाधि अझै अधुरै
नेपालले ६ पटक साफ च्याम्पियनसिपको फाइनल खेले पनि सबैपटक उपविजेता बनेको छ—चार पटक भारत र पछिल्ला दुई पटक बंगलादेशसँग हार्दै। तीनपटक साग उपविजेता समेत बनेको नेपालले हिरो गोल्डकप, नादेज्दा कप र वाफ च्याम्पियनसिपमा पनि फाइनल गुमाएको छ।
नेपाली टोलीको आगामी लक्ष्य
नेपालको अर्को खेल समूह ‘एफ’को प्रमुख टिम उज्वेकिस्तानसँग हुनेछ। प्रशिक्षक वाइल्ड र कप्तान सावित्राले एउटै लक्ष्य दोहोऱ्याएका छन् — एएफसी महिला एसियन कपमा छनोट।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन