
१आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
२पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
३डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
४लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
५पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
८पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
९देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
१०जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
११फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१२माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
६कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
७जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
८जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
९देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१२फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
काठमाडौं, १६ असार । नेपाली महिला फुटबल टिमले आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल ऐतिहासिक बनाउँदै एएफसी महिला एसियन कप छनोटको समूह ‘एफ’ अन्तर्गत पहिलो खेलमा लाओसलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जितसँगै सावित्रा भण्डारीले कप्तानी डेब्युमा ह्याट्रिकसहित ४ गोल गरेकी छन्।
तास्केन्तमा आइतबार भएको खेल नेपाली महिला फुटबलको इतिहासमै विशेष बन्यो—कप्तानीको नयाँ अध्याय, प्रशिक्षकको पहिलो जित, नयाँ खेलाडीको डेब्यु र १००औं खेलमा फराकिलो नतिजा।
सावित्राको ह्याट्रिकसहित ४ गोल
कप्तानको आर्मब्यान्डसहित मैदानमा उत्रिएकी सावित्रा भण्डारीले ४४औं, ५५औं, ७५औं र ७६औं मिनेटमा गोल गर्दै कप्तानी डेब्युमा उत्कृष्ट प्रदर्शन गरिन्। साथै, उनी नेपालको महिला टिमको ११औं कप्तान बनेकी हुन्।
अन्य गोलकर्तामा अनिता बस्नेत (१२’), सरु लिम्बु (४७’), रश्मि घिसिङ (५६’) र अनिता केसी (८३’) रहे। लाओसले एक आत्मघाती गोल गर्दै नेपालको अन्तिम स्कोर ९-० बनायो।
नयाँ प्रशिक्षकको डेब्युमा सानदार नतिजा
बेल्जियन मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डको राष्ट्रिय टिम डेब्यु पनि जितसँगै सुरू भयो। उनीद्वारा अपनाइएको फरक रणनीतिअनुसार नेपालले तीन डिफेन्डरसहित अट्याकिङ फुटबल खेलेको थियो। पहिलो रोजाइमा प्रीति राईको सट्टा अनिता बस्नेत, र सरस्वती हमालको डेब्यु समेत गराइएको थियो।
कप्तानीको निर्णयमा अन्योल
खेल सुरू हुनु अघिसम्म एन्फाले रेनुका नगरकोटेलाई कप्तान घोषणा गरे पनि खेल सुरु हुँदा सावित्राले कप्तानीको भूमिका निभाइन्। यो परिवर्तनको स्पष्ट कारण सार्वजनिक गरिएको छैन, जसले व्यवस्थापनप्रति केही प्रश्न उठाएको छ।
१००औं खेलको पृष्ठभूमि
चार दशक लामो अन्तर्राष्ट्रिय इतिहासमा नेपाली महिला टिमले १००औं खेल पूरा गरेको हो। यसमध्ये ४७ खेलमा जित, १६ बराबरी, ३७ हार र शून्य उपाधि रहेको छ। नेपालले सन् १९८६ देखि एएफसी र अन्य क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ।
साफ उपाधि अझै अधुरै
नेपालले ६ पटक साफ च्याम्पियनसिपको फाइनल खेले पनि सबैपटक उपविजेता बनेको छ—चार पटक भारत र पछिल्ला दुई पटक बंगलादेशसँग हार्दै। तीनपटक साग उपविजेता समेत बनेको नेपालले हिरो गोल्डकप, नादेज्दा कप र वाफ च्याम्पियनसिपमा पनि फाइनल गुमाएको छ।
नेपाली टोलीको आगामी लक्ष्य
नेपालको अर्को खेल समूह ‘एफ’को प्रमुख टिम उज्वेकिस्तानसँग हुनेछ। प्रशिक्षक वाइल्ड र कप्तान सावित्राले एउटै लक्ष्य दोहोऱ्याएका छन् — एएफसी महिला एसियन कपमा छनोट।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ