
१लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
२बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
३आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
४अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
५राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
६राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
७फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
८सुकुको हत्यामा जन्मकैद भएका सञ्जय जेनजी आन्दोलनमा जेलबाट भागेर नवलपुरमा लिए जिउनरामको ज्यान
९अध्यादेशले खोस्यो ठगहरूको राजनीतिक ‘सुरक्षा कवच’
१०सहकारी क्षेत्रमा आमूल परिवर्तन
११रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा २० जनाको मृत्यु
१२‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
९अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१०पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
पोखरा, १४ असार । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्ना भाइ शिवराज आचार्यको निजी पार्टी प्यालेस पोखरा इभेन्ट सेन्टरमा नगरसभा/अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्न लागेको भन्दैं नगरसभा सदस्यहरुले नैं कार्यक्रमको विरोध गरेका छन् ।
सामाजिक सञ्जालमा नगरसभा सदस्यहरु प्रकाश कोइराला (वडा नं. ४), प्रकाश कार्की (वडा नं. ३३), सुशिल बास्तोला (वडा नं.११) र पूर्णचन्द्र न्यौपाने (वडा नं.१०) लगायतका सदस्यहरुले असहमति जनाएका हुन् । उनीहरुले सामाजिक सञ्जालमा यस विषयमा विरोध गर्दै आफ्ना माग र भनाईहरु समेत सार्वजनिक गरेका छन् ।
शुरुमा पोखरा महानगरपालिकाले नगरसभा सदस्यहरुलाई पठाएको सन्देशः
“श्री नगरसभा सदस्यज्यूहरु, नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सभासदहरु बिच अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको हुनाले आज शनिवार मिति २०८२/०३/१४ गते दिनको २ः३० बजे पोखरा इभेन्ट सेन्टरमा उपस्थितिको लागि निर्देशानुसार अनुरोध छ । पोखरा महानगरपालिका ।”
नगरसभा हल बाहिर आयोजना गरिनु ऐन विपरित :
नगरसभा सम्बन्धी कार्यक्रम नगरसभा हल बाहिर आयोजना गरिनु संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को विपरित भएको भन्दैं नगरसभाको कार्य र प्रक्रिया निश्चित स्थल अर्थात् पोखरा महानगरपालिकाको कार्यालय परिसर वा पोखरा सभाहलमा नै सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।
व्यक्तिको निजी स्थल पोखरा इभेन्ट सेन्टरमा नगरसभा प्रकृतिको कार्यक्रम आयोजना गरिनु गम्भिर प्रक्रियागत त्रुटी भएको नगरसभा सदस्यहरुको भनाई छ ।
कार्यक्रमको प्रकृति, उद्देश्य अस्पष्ट रहेको र कार्यक्रममा के विषयमा छलफल हुने भनेर पूर्वजानकारी पनि नगराईएको नगरसभा सदस्यहरुको भनाई छ । नगरसभा सदस्यलाई केवल उपस्थितिको लागि बोलाउनु र निर्णय प्रक्रियामा सीमित भूमिका दिनु अलोकतान्त्रिक अभ्यास भएको उनीहरुले आरोप लगाएका छन् ।
नगरसभा सम्बन्धी कुनै पनि बैठक, छलफल, अन्तरक्रिया वा निर्णय प्रक्रिया नगरसभा हल वा महानगरको आधिकारिक स्थलमा नैं गर्नुपर्ने माग राखेका छन् । उनीहरुले यस्ता कार्यक्रम गर्नुअघि नगरसभा सदस्यहरुसँग पूर्वसहमति वा परामर्श गर्नुपर्ने र सम्पूर्ण प्रक्रिया पारदर्शी, प्रत्यक्ष प्रसारण र विधिसम्मत गर्नुपर्ने माग समेत राखेका छन् ।
नगरसभा सदस्यको विरोधपछि पठाइएको दोस्रो म्यासेज :
‘श्री नगर सभासदस्यज्यूहरु, नमस्कार !
नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सभासदहरु बिच अन्तरक्रियात्मक अनौपचारिक कार्यक्रम हो, यो नगरसभाको अंश हैन । निश्चित एजेन्डा छैनन्, कार्यक्रम सरकारी खर्चमा आयोजना गरिएको छैन । यदि तपाईलाई छलफलको जरुरी छैन भने उपस्थिति अनिवार्य छैन । कार्यक्रम आज शनिवार मिति २०८२/०३/१४ गते दिनको २ः३० देखि ५ः३० सम्म पोखरा इभेन्ट सेन्टरमा चल्नेछ । यो कार्यक्रम तपाईहरुको माग अनुसार नै आयोजना गरेको हो । अन्यथा नलिनुहोला । पोखरा महानगरपालिका ।’
बिजोग छ अवस्था पोखरा सभागृहको :
२०४५ सालदेखि सञ्चालनमा आएको तत्कालीन दीपेन्द्र सभागृह नै जनआन्दोलन पश्चात् पोखरा सभागृह नामाकरण गरिएको हो । ०६२/०६३ को जनआन्दोलनसँगै राजपरिवारका सदस्यका नाम जोडिएका संरचना परिवर्तन गर्ने क्रममा पोखरा सभागृह बनाईएको भएपनि यसको अवस्था अहिले बिजोग छ ।
करिब १५ सय सिट क्षमताको सभागृहको नाम त फेरियो, तर स्वरुप भने कुनै भत्किएको घरको भग्नावशेष जस्तो अवस्थामा राखिएको छ । गण्डकी प्रदेशको राजधानी पोखराले ठूला कार्यक्रम र बैठक गर्न सभागृहको अवस्था यस्तो दयनीय हुँदा पनि सम्बन्धित निकाय कसैलाई यसको प्रवाह छैन ।

गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको एकमात्र सरकारी सभाहलको दुरावस्था
पोखरामा च्याऊ झैं खोलिएका पार्टी प्यालेस र जनप्रतिनिधि कैं आफन्तको इभेन्ट सेन्टरमा कार्यक्रमहरु सञ्चालन भईरहुन् भन्ने हेतुले पनि पोखरा सभागृहप्रति कसैले चासो दिएको देखिदैंन । पोखरा सभागृह सञ्चालन गर्ने हो भने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यकैं सहोदर भाइ शिव आचार्यले खोलेको पोखरा ईभेन्ट सेन्टर लगायतमा असर पर्ने निश्चित छ । त्यसकारण पनि मेयर धनराज पोखरा सभागृहको अवस्था सुधार्न चाहँदैनन् । बरु जति सक्छन्, आफ्नो शक्ति र पहुँचले भेटे जति घुमाउरो पारामा अधिकांश कार्यक्रमहरु पोखरा ईभेन्ट सेन्टरमा नैं गर्न लगाउँछन् ।
नगरसभा सदस्यहरुले गरेको विरोध र महानगरपालिकाका मेयरका भाइ जोडिएको सेन्टर बिच उठाईएको प्रश्न जायज देखिन्छ । पोखरा सभागृहलाई भग्नावशेष जस्तो अवस्थामा पु¥याएर निजी पार्टी प्यालेसमा सरकारी बजेटका कार्यक्रमहरु गर्नु आफैंमा शंकास्पद र न्यायोचित देखिदैंन । त्यसो त पोखरा महानगरपालिका अन्तर्गतका अधिकांश कार्यक्रमहरु यहीं सेन्टरमा महँङ्गो रकम तिरेर गरिनुले पनि मेयर आचार्यको नियत र सरकारी पैसाको दुरुपयोग भएको प्रष्टै देख्न सकिन्छ ।

मेयर धनराजका सहोदर भाइ शिवराज आचार्यले सञ्चालन गरेको पोखरा इभेन्ट सेन्टर । जहाँ मेयर सबैभन्दा बढि कार्यक्रम होस् भन्ने चाहन्छन् ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म