
१पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
३मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१०गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
११पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । तिहारको बिदा पछि आज खुलेको बजारमा नेप्सेसहित कारोवार रकममा समेत सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २३.३२ बिन्दुले उकालो लागेर एक हजार ७४१.८१ मा पुगेको छ ।
यस्तै, सेन्सेटिभ परिसूचक ०.८० ले ओरालो लागेर ३३८.०९ मा ओर्लेको छ । कूल १९४ कम्पनीको एक करोड १६ लाख ७४ हजार ८७५ कित्ता शेयर रु चार अर्ब ७९ करोड १० लाख ४१ हजार ६४९ बराबरको कारोवार भएको छ । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १.२८, विकास बैंक २०.६ र जलविद्युत् १८.६१ बिन्दुले ओरालो लागेको छ । यस्तै, व्यापार १८१.०८, होटल ३९.६, वित्त ८.४३, निर्जीबन बीमा ३९७.४८, उत्पादन २३५.४५, अन्य २९.९७, लघुवित्त १४.६, जीवन बीमा ५२१.३७ र सामूहिक लगानी कोष ०.१६ ले उकालो लागेको छ ।
कारोवारका आधारमा आज पनि नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३३ करोड ६२ लाख ५९ हजार ९२० बराबरको कारोवार भएको छ । यस्तै नेपाल दूरसञ्चार कम्पनी रु ३० करोड ८५ लाख ५१ हजार ६६०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २५ करोड ८४ लाख ९१ हजार २५, शिवम् सिमेन्ट रु २२ करोड ७९ लाख ५४ हजार, एनआइसी एशिया बैंक रु १८ करोड १२ लाख २७ हजार ५७२, प्रभु बैंक रु १६ करोड ५९ लाख ६६ हजार ७८ र शिखर इन्स्योरेन्स रु १६ करोड २६ लाख पाँच हजार ९५६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार कारोवार भएका कम्पनीमध्ये ७२ कम्पनीको शेयर उकालो लागेको छ भने ८७ वटाको ओरालो लाग्दा १३ वटाको भने कुनै परिवर्तन भएको छैन । स्टकका अनुसार आज हिमालयन डिस्टिलरी १०, गुर्खाज फाइनान्स १०, बोटलर्स नेपाल तराई ९.९९, विशाल बजार कम्पनी ९.९९, साल्ट टे«डिङ कर्पोरेशन ९.९८, शिवम् सिमेन्ट ९.२५, शिखर इन्स्योरेन्स ८.३८ र ओरियन्टल होटलका लगानीकर्ताले ७.७५ प्रतिशतले कमाए ।
त्यस्तै, घलेम्दी हाइड्रो ५.८०, यूनाइटेड मोदी ५.७५, दिव्यश्वरी हाइड्रोपावर ५.६५, सबैको लघुवित्त ५.५८, नेपाल हाइड्रो डेभलपर ५.५३, सिन्धु विकास बैंक ५.११, छ्याङ्दी हाइड्रो ४.७६ र जोशी हाइड्रोपावरका शेयरधनीले ४.६५ प्रतिशतले गुमाए ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन