
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
पोखरा, २० जेठ । जनप्रिय बहुमुखी क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोग युजिसीको सहयोगमा “जलवायु परिवर्तनको असर र यसको रोकथाम” विषयक एक दिवसीय गोष्ठी क्याम्पसको सभाहलमा शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले जलवायु परिवर्तनले मानव समाजमा गम्भीर असर पारेको चर्चा गर्दै रोकथामका लागि उपाय अवलम्बन गर्न क्याम्पसका शिक्षक र विद्यार्थीहरूमा चेतना अभिवृद्धिका लागि गोष्ठीको महत्व रहने बताए ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालले स्वागत मन्तव्य राख्दै वातावरण संरक्षणमा शिक्षण संस्था र विद्यार्थीको सक्रिय सहभागिताले जलवायु परिवर्तन र यसले निम्त्याएका समस्याबारे समुदायमा सचेतना पुग्ने विश्वास गर्दै शिक्षा, अनुसन्धान र सामाजिक चेतनाको अभिवृद्धिमा निरन्तर काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा विज्ञका रूपमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व सदस्य डा. सुवास अधिकारीले जलवायु परिवर्तनको वैज्ञानिक पृष्ठभूमि, विश्वव्यापीकरण, दक्षिण एसिया, नेपाल र गण्डकी प्रदेशको सन्दर्भमा यसको प्रभाव, असर र निवारणका उपायबारे विस्तृत जानकारी प्रस्तुत गर्दै भने, “जलवायु परिवर्तनको वास्तविक प्रभाव बुझ्न कम्तीमा ३० वर्षको तथ्याङ्कको विश्लेषण आवश्यक हुन्छ ।”
डा. अधिकारीले जनसंख्या वृद्धिदर, औद्योगिक विकास, हरितगृह ग्यास उत्सर्जन, बाढी, पहिरो, डुवान, अतिवृष्टि, अनावृष्टि, हिमालमा हिउँ पग्लनु, हिमनदी फुट्नु, तापक्रम वृद्धि, समुद्री सतह उकासिनु, वातावरणीय प्रतिकूलता जस्ता जलवायु सम्बन्धी असरहरूको तथ्यपरक विश्लेषणको प्रस्तुति राख्दै न्युनीकरण गर्ने उपाय र अनुकुलित कसरी हुने भन्ने बारेमा चर्चा गरेका थिए ।
उनले पेरिस सम्झौता, जलवायु वित्त, दीगो विकास लक्ष्य, तेस्रो ध्रुवको सन्दर्भ र जलवायु परिवर्तनमा नेपालको जोखिमयुक्त अवस्था, विश्वमा चौथो स्थानमा रहेको हुँदा रोकथामका लागि सामुदायिक क्याम्पस र विद्यार्थीको भूमिका अहम हुने बताए ।
कार्यक्रममा १ सय २५ जना शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो । सहभागीका प्रश्न र जिज्ञासालाई डा. अधिकारीले सम्बोधन गरेको उपप्रशासक एकनारायण अर्यालले जानकारी दिए । क्याम्पस प्रमुख कृष्णबाबु बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख नवीनराज खनालले गरेका थिए ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा