
१चुनावी मैदानमा विप्लव
२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
३पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
४जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
८माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
९रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१०प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
११रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
जेठ २२ गते बिहीबार पोखरामा आयोजना गरिने टेवानको चौंथो अधिवेशनका अवसरमा उनीहरूलाई जनही १५ हजार ५ सय ५ रुपैयाँ, सम्मानपत्र र दोसल्लाबाट पुरस्कृत गरिनेछ ।
पोखरा, १९ जेठ । पोखराका अग्रणी पर्यटन उद्यमी हुतराज श्रेष्ठको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट गण्डकी प्रदेशका दुई जना उदाहरणीय पर्यटनकर्मीहरू पुरस्कृत हुने भएका छन् ।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले वरिष्ठ पर्यटन उद्यमी हरिध्वज तुलाचन र युवा पर्यटनकर्मी उर्मिला गुरुङलाई ‘स्व. हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो। जेठ २२ गते बिहीबार पोखरामा आयोजना गरिने टेवानको चौंथो अधिवेशनका अवसरमा उनीहरूलाई जनही १५ हजार ५ सय ५ रुपैयाँ, सम्मानपत्र र दोसल्लाबाट पुरस्कृत गरिनेछ ।
पोखरामा ड्रयागन होटल खोलेर पर्यटनमा होमिएका ८१ बर्से तुलाचन पर्यटन, समाजसेवा र सांस्कृतिक क्षेत्रका नक्षत्र हुन्। विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाको स्थापना र नेतृत्व गरिसकेका उनले ६ दशकभन्दा लामो समयदेखि पर्यटनमा योगदान पु¥याउँदै आएका छन्। उनको योगदान अतुलनीय छ।
त्यसैगरी नेपालको पहिलो पर्यटन गाउँ स्याङ्जाको सिरुबारीमा नेतृत्वदायी भूमिका निर्बाह गर्दै आएकी ३६ वर्षिया उर्मिला गुरुङ उदाहरणीय युवा हुन्। पोखराको सुविधायुक्त बसाइँ त्यागेर एक दशकदेखि उनी सिरुबारी गाउँमा फर्केर सबैको प्रेरणास्रोत बनेकी छिन्।
उनी अतिथि सत्कार, होमस्टे व्यवस्थापन, सांस्कृतिक कार्यक्रमलगायत कामको नेतृत्व गर्छिन्। त्यति मात्र होइन, मुलुकभित्रका विभिन्न गाउँमा होमस्टे व्यवस्थापन तालिमसमेत दिँदै आएकी छिन्।
पर्यटनविज्ञ सञ्जकान्त सिग्देलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको सिफारिसका आधारमा उनीहरूलाई सम्मान गर्ने निर्णय गरिएको हो। समितिमा टिकाराम सापकोटा, कमला गिरी, तुमला श्रेष्ठ, प्रभातराज श्रेष्ठ र प्रितमराज श्रेष्ठ छन्।
पुरस्कारको अक्षय कोषका लागि स्व. श्रेष्ठकी जीवनसाथी तुमलाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ५ लाख, ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेकी थिइन्। टेवानकी संस्थापक सदस्य उनले हालै कोषमा एक लाख रुपैयाँ थपेकी छिन्। यसकै ब्याजबाट बर्सेनी पुरस्कार दिइनेछ।
कर्मयोगीको सम्मानः कमला गिरी (अध्यक्ष, टेवान)
कमला गिरी (अध्यक्ष, टेवान)
हामी पहिलोपटक यो पुरस्कार हस्तान्तरण गर्दैछौं। यसपालि दुई जना प्रतिभालाई सम्मान गनेर्छौं। आगामी वर्षदेखि नेपालको पर्यटनमा उल्लेखनीय योगदान पु¥याउने मुलुकभित्रका एक जनालाई पुरस्कृत गर्दै जाने छौं। यसरी हामी कर्मयोगीको सम्मान गर्नेछौं।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त