
१काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
२कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
३स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
४नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
८सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
९मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१०गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
११तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
१२लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
पोखरा, १३ जेठ । टेनिस संघ गण्डकी प्रदेशले आगामी ८ वर्षभित्र १० जना राष्ट्रियस्तरका टेनिस खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ ग्रो टेनिसअन्तर्गत टेनिस ट्यालेन्ट हन्ट प्रोग्राम–२०२५ सुरु गर्ने भएको छ ।
आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष विनोद कायस्थले भने–‘संघले आर्थिक रूपले कमजोर पृष्ठभूमिका १० जना बालबालिकालाई ८ वर्षसम्म निःशुल्क र निरन्तर प्रशिक्षण प्रदान गर्नेछ ।’ कार्यक्रममा अध्यक्ष कायस्थले उक्त कार्यक्रमको खाकासहित योजना सार्वजनिक गरेका छन् ।
‘यो नेपाली टेनिस इतिहासमै पहिलोपटक सुरू गरिएको दीर्घकालीन योजना हो,’ अध्यक्ष कायस्थले भने–‘ ट्यालेन्ट हन्ट कार्यक्रममार्फत ८ देखि १२ वर्ष उमेर समूहका १० जना खेलाडी छनोट गरिनेछ, जसमा ८ जना बालक र २ जना बालिकालाई प्रशिक्षणमा सहभागी गराइनेछ ।’
उनका अनुसार एकजना खेलाडी उत्पादन गर्न अनुमानित लागत १० देखि १२ लाख रूपैयाँसम्म पर्नेछ । जसमा एक खेलाडी, एक प्रायोजक मोडेलमार्फत योजना अघि बढाइनेछ । एकडेढ महिनामै सुरु हुने सो कार्यक्रममा सुरुआतमा ८ देखि १२ वर्ष उमेर समूहका ४० जना बालबालिका छनोट गरिने छन् । उनीहरुलाई ६ महिनासम्म नियमित प्रशिक्षण दिइनेछ । त्यसपछिको दोस्रो चरणमा ३० जना र अन्तिम चरणमा १० जना खेलाडीहरू छनोट गरिने संघले जनाएको छ ।
पत्रकार सम्मेलनमा गण्डकी विश्वविद्यालयका प्राध्यापक सोनाम लामाले ‘ग्रो टेनिस’ कार्यक्रम नेपाली खेलकुदलाई व्यावसायिक बनाउन अग्रसर हुने कदम भएको उल्लेख गरे । उनले भने, ‘खेलकुदमा भविष्य छ, व्यवहारमा उतार्न सक्नुपर्छ । यो कार्यक्रम नेपाली खेल क्षेत्रमा महत्वपूर्ण मोडल बन्न सक्छ ।’
कार्यक्रममा प्रदेश टेनिस संघ गण्डकीका उपाध्यक्ष लोकबहादुर गुरुङ, उपाध्यक्ष विष्णुबहादुर थापा, महासचिव नवीन चालिसे र कास्की टेनिस संघका अध्यक्ष राजकुमार गुरुङ, प्राविधिक समिति सहसंयोजक एवं पूर्व राष्ट्रिय खेलाडी कुमार अधिकारी लगायतले पोखराबाट सुरु यो कार्यक्रमले निकै महत्व राख्ने बताए ।
पोखराले यसअघि पनि धेरै राम्रा प्लेयर उत्पादन गरिसकेको छ । नेपालको एकमात्र आइटिएफ ¥यांकिङ प्लेयर अभिषेक बास्तोला पोखराबाटै उत्पादित खेलाडी हुन् । पूर्व नेपाल नम्बर प्लेयर कुमार अधिकारी होस् वा प्रदीप खेलाडी पोखराकै शान हुन् । टेनिसबाटै कोचको लाइफमा गएर पनि राम्रो भविष्य छ ।
टेनिस संघ गण्डकीले २ वर्षदेखि ग्रासरुट टेनिस संचालन गरेको छ । पोखरा र यस वरिपरि टेनिसमा बल ब्याइज, अम्पायर, अफिसियल, कोच उत्पादन गर्ने भनी लागिपरेको संघले जनाएको छ । सबै कुराबाट पाठ सिकेर राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्नुपर्छ भन्ने लक्ष्यका साथ ‘ग्रो टेनिस’ कार्यक्रम सुरु गर्न लागिएको अध्यक्ष कायस्थले प्रस्ट पारे ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन