
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
पोखरा, ७ जेठ । जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजनामा लैङ्गिक हिंसा विरुद्ध सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार क्याम्पसको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष विरेन्द्रनारायण विजुक्छेले कार्यस्थलमा हुने लैङ्गिक हिंसा व्यक्त नगर्दा मानसिक पीडा सिर्जना हुने हुँदा परिवार र समाजलाई गम्भीर असर पर्ने भएकाले हिंसाका विरुद्ध सशक्त आवाज उठाएर कानुुुुनी उपचार खोज्न सुझाए ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालले क्याम्पस परिसरमा लैङ्गिक हिंसाका कारण कार्यसम्पादनमा प्रतिकुल असर नपरोस् भनेर सचेतना कार्यक्रम राखिएको र समस्या आएपछि पछुताउनुभन्दा समयमै होसियारी अप्नाउनु बुद्धिमता भएको बताए ।
कार्यक्रममा स्रोत व्यक्ति उपप्राध्यापक तथा अधिवक्ता दिनेश आचार्यले लैङ्गिक हिंसाको परिचय, परिभाषा, प्रकार, कारण र निवारणका उपायहरूमा प्रशिक्षण दिएका थिए । आचार्यले मानसिक, आर्थिक, सामाजिक, साँस्कृतिक, यौनिक र यौन हिंसाका बारेमा सहभागीहरूलाई अन्तरक्रियात्मक रूमा समेटदै लैङ्गिक समानताको प्रवर्धनका लागि सबैले आआफ्नो स्थानबाट जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिएका थिए ।
सचेतना कार्यक्रममा पूर्व क्याम्पस प्रमुख लोकराज भण्डारी, सहायक क्याम्पस प्रमुख नवीनराज खनाल डा. भावना पोखरेल, सुरेश रानाभाट, डा.विष्णुप्रसाद शर्मा, टंक बराल, गणेश चालिसे, टोपलाल खनाल लगायतका वक्ताले लैङ्गिक संवेदनशीलता र समानताको महत्वका बारेमा आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी सङ्कायका ४० जना शिक्षक तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको सहायक प्रशासक महादेवकुमार पालिखेले जानकारी दिए ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालको अध्यक्षतामा सम्पन्न सचेतना कार्यक्रममा सहायक क्याम्पस प्रमुख नवीनराज खनालले धन्यवाद ज्ञापन गरेका थिए भने उपप्रशासक एकनारायण अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम