
१पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
२३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
३वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
४गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
५पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
६गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
७विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
८अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
११रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
१२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
पोखरा, ६ जेठ । गाउँ पर्यटनको सम्भावना उजागर गर्दै स्थानीय पर्यटन व्यवसायीलाई बजारसँग जोड्न पोखरामा जेठ ९ र १० गते ‘तेस्रो गाउँ पर्यटन मेला’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको आयोजनामा र गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सहआयोजनामा हुने मेला सञ्चालन हुन लागेको हो ।
गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन उद्योग रहेको सन्दर्भमा मेलाले गाउँ पर्यटनलाई केन्द्रमा राख्दै त्यसको प्रवद्र्धन र बजारीकरणमा योगदान पु¥याउने उद्देश्यले पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा मेलाको आयोजना गर्न लागिएको पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।
मेलाले स्थानीय पर्यटन व्यवसायीलाई आ–आफ्ना सेवाहरूको प्रवद्र्धन गर्ने, बजारसँग जोड्ने तथा सम्भावित पर्यटकहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवसर प्रदान गर्नेछ,’ उनले भने–‘मेलाको प्रमुख उद्देश्य गाउँमा रहेका होमस्टे तथा अन्य पर्यटन सेवाहरुलाई बजारसँग जोड्नु, गाउँ पर्यटनको सम्भावना उजागर गर्नु र युवा पलायन रोक्ने गरी गाउँमै रोजगारी सिर्जना गर्नु रहेको छ ।’
मेलाबारे जानकारी दिन आज मंगलबार आयोजित पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा मेला अवधिमा सामुदायिक होमस्टे तथा पर्यटन व्यवसायीका २५ स्टल राखिने जानकारी दिइएको छ ।
संवाद कार्यक्रमअन्तर्गत गाउँ पर्यटनको सम्भावना, चुनौती र अवसर, गाउँ पर्यटन प्रवद्र्धनमा सञ्चारकर्मी र उद्योगी–व्यवसायीको भूमिकाबारे छलफल हुनेछ । सांस्कृतिक कार्यक्रममार्फत विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिने भिटोफ गण्डकीकी अध्यक्ष शोभा सापकोटाले बताइन् । मेलाले पर्यटकीय गाउँको पहिचान प्रवद्र्धन गर्नुका साथै गाउँमा उत्पादन हुने सामग्री र सेवाको बजारीकरणमा टेवा पु¥याउने उनको विश्वास छ ।
मेलामा नीति निर्माता, स्थानीय तहका प्रतिनिधि, विद्यार्थी, स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ । सामुदायिक घरबासको व्यावसायिकता र पर्यटन क्षेत्रमा संलग्न सबै पक्षको जागरूकता अभिवृद्धिमा समेत योगदान पुग्ने आयोजकको अपेक्षा छ ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ