पोखरा, ३१ वैशाख । पोखरामा मानव बचेबिखन सम्बन्धी मुद्दामा ३ जना युवक पक्राउ परेका छन् । पोखराको सिर्जनाचोकस्थित मनिका रेष्टुरेन्टमा अवैधरुपमा यौनजन्य क्रियाकलाप भइरहेको सूचना आधारमा प्रहरीले उनीहरुलाई मंगलबार दिउँसो साढे चार बजे पक्राउ गरेको हो ।
होटलबाट ५ जना महिलालाई उद्धार गरी सेफ हाउस पठाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । प्रहरीका अनुसार मकवानपुर वकैया गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल पोखरा–८ सिर्जनाचोकमा मनिका रेष्टुरेण्ट सञ्चालन गरी बस्ने ४० वर्षीय पदम लुङ्वा, पोखरा–५, मालेपाटन बस्ने ५१ वर्षीय तेजनारायण तिमिल्सिना र तनहुँको ब्यास नगरपालिका वडा नं. ५ का २१ वर्षीय सलन गुरुङ पक्राउ परेका हुन् ।
उनीहरुलाई जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा ६ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिप्रका कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।