
१टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
३स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
६गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
७कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
८२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
९गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
१०पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
११३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
१२वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
११विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१२पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
मुस्ताङ , १८, वैशाख । हिन्दु तथा बौद्धमार्गीहरुको साझा धार्मिक तिर्थस्थल मुुक्तिनाथ मन्दिरमा लेक लागेका बिरामीलाई निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गरिएको छ । यहाँस्थित प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सहयोगमा मुक्तिनाथ मन्दिरमा लागेर बिरामी परेका धार्मिक पर्यटकलाई निःशुल्क स्वास्थ्योपचार सेवाको व्यवस्था गरिएको हो ।
समूद्री सतहको करिब तीन हजार ८०० मिटरको अग्लो उचाइमा अवस्थित मुस्ताङको मुक्तिनाथमा दर्शन गर्न पुग्ने कतिपय धार्मिक तिर्थालु पर्यटकलाई लेक लाग्ने समस्या हुन्छ । मुक्तिनाथमा लेक लागेर बिरामी हुने धार्मिक तिर्थालुलाई छिटोछरितो आपत्कालिन प्रारम्भिक उपचारको व्यवस्थापन गर्न प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सहकार्यमा मुक्तिनाथ मन्दिर परिसरमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक खगेन्द्र बोहोरले जानकारी दिनुभयो ।
प्रदेश अस्पतालले जनशक्ति व्यवस्थापन र अक्सिजनको व्यवस्था गरेको तथा गाउँपालिकाले व्यवथापन एवं औषधि लगायतमा सहयोग गर्दै आइरहेको स्वास्थ्य संयोजक बोहोराले बताउनुभयो । मुक्तिनाथ स्थित ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’मा प्रदेश अस्पताल जोमसोमले दुई हेल्थ असिस्टेन्ट करारमा खटाएको छ । अस्पतालले ट्रिटमेन्ट सेन्टरका लागि आवश्यकताअनुसार अक्सिजनको व्यवस्था गरेको छ ।
लेक लाग्ने बिरामीको उपचार सेवाका लागि हेल्थ असिस्टेन्ट सरोज घर्तीमगर र विकास ठाकुर २४ सै घण्टा बिरामीको सेवामा खटिनुभएको छ । हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा कार्यरत हेल्थ असिस्टेन्ट घर्तीमगरले लेक लागेका बिरामीलाई उपचार सेवा पु¥याउन तीन वटा शय्या र तीन अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार दुई शय्या र दुई सिलिन्डर मन्दिरको केही पर व्यवस्थापन भएको तथा एक शय्या र एक सिलिन्डरको व्यवस्था मन्दिर परिसर नजिकै राखेर सेवा दिने गरिएको छ ।
मुक्तिनाथ मन्दिर परिसरमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ स्थापना भएदेखि हालसम्म करिब दुई हजार बढीले सेवा प्राप्त गरेको हेल्थ असिस्टेन्ट घर्तीमगरले बताउनुभयो । उहाँका अनुसार चैतमा मात्रै १७९ जना लेक लागेका बिरामीले हाइअल्टिच्युड ट्रिटमेन्ट सेवाबाट स्वास्थ्य लाभ प्राप्त गरिसकेका छन् ।
मुक्तिनाथमा धार्मिक तिर्थालुका लागि स्थापना गरिएको ट्रिटमेन्ट सेन्टरको प्रारम्भिक कक्ष साँघुरो हुँदा बिरामीको उपचारमा केही असहज भएको देखिएको छ । यसका लागि मन्दिर परिसर नजिकै सुविधायुक्त हाइअल्टिच्युड पूर्वाधार भवनको व्यवस्था आवश्यकता रहेको छ ।
मुक्तिनाथमा लेक लागेका बिरामीलाई प्राथमिक उपचार गरेपछि जोमसोमस्थित प्रदेश अस्पतालमा रिफर गर्ने गरिएको अर्का हेल्थ असिस्टेन्ट ठाकुरले बताउनुभयो । मुक्तिनाथमा ४५ देखि ९४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई लेक लाग्ने समस्याको उपचार प्रदान गरिसकेको ठाकुरको भनाइ छ ।
समूद्री सतहको कम उचाइबाट उच्च स्थानमा विश्राम नलिइ आउने धार्मिक तिर्थालुलाई लेक लाग्ने समस्या बढी हुने गरेको छ । दीर्घ रोगका बिरामी र शारिरीक रुपले कमजोर तथा उमेर कटेका ज्येष्ठ नागरिकलाई मुक्तिनाथमा दर्शन गर्न आउँदा लेंक लाग्ने समस्या बढी हुने गर्छ । उच्च स्थानमा पुग्दा अक्सिजनको मात्रा कम हुँदा देखिने समस्यालाई लेक लागेको भन्ने गरिन्छ । लेक लागेका बिरामीलाई बान्ता हुने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या हुने, शरिर भारी हुने र अल्छि लाग्ने जस्ता लक्षण देखिने गर्छन् ।
उच्च स्थानको मुक्तिनाथमा जाने धार्मिक तिर्थालु कुन ठाउँबाट कसरी आइपुगेको हो लेक लाग्ने समस्या त्यसैमा निर्भर हुन्छ । मुस्ताङमा कम उचाइको स्थानबाट आउने भारतीय पर्यटकलाई बढी मात्रामा लेक लाग्ने समस्या देखिने गरेको पाइएको छ । यसैगरी मुक्तिनाथमा गएर खाली पेटमा १०८ धाराको पानी सेचन गर्ने, चिसो कुण्डमा डुबुल्की मार्ने र खाली पेटमै दर्शन गर्ने गर्दा शरिरले तापक्रम व्यवस्थापन गर्न नसक्दा धार्मिक तिर्थालुलाई लेक लाग्ने समस्या देखिने गरेको स्थानीय बताउँछन् ।
जिल्ला प्रहरी कार्यालयले मुक्तिनाथ आउने धार्मिक पर्यटकलाई लेक लाग्ने समस्याका बारेमा सचेतनामूलक अभियान नै सञ्चालन गरेको छ । ‘सवारी चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट’ अभियान सञ्चालन गरेर धार्मिक तिर्थयात्रीलाई लेक लाग्ने समस्याका बारेमा जानकारी दिने र लेक लाग्ने समस्याका बारेमा पर्चा, पम्प्लेट र ब्रोसर वितरण गर्ने अभियान सञ्चालन भइरहेको छ ।
मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई लेक लाग्ने जाखिमबाट जोगाउन म्याग्दी र मुस्ताङको सिमावर्ती क्षेत्र घाँसामा लेक लाग्ने समस्याका विषयमा सूचनामूलक होर्डिङ बोर्ड राखिएको छ । घाँसामा रहेका सुरक्षाकर्मीले समेत लेक लाग्ने समस्याका बारेमा धार्मिक तिर्थालुलाई जानकारी दिने गरेका छन् । मुस्ताङमा बर्सेनि दुई दर्जन बढी धार्मिक तिर्थालुको लेक लाग्ने समस्याबाट मृत्यु हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो । त्यसमध्ये मृत्यु हुनेमा सबैभन्दा बढी भारतीय पर्यटक रहेको प्रहरी निरीक्षक अधिकारीले उल्लेख गर्नुभयो ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?