
१लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
२बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
३आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
४अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
५राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
६राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
७फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
८सुकुको हत्यामा जन्मकैद भएका सञ्जय जेनजी आन्दोलनमा जेलबाट भागेर नवलपुरमा लिए जिउनरामको ज्यान
९अध्यादेशले खोस्यो ठगहरूको राजनीतिक ‘सुरक्षा कवच’
१०सहकारी क्षेत्रमा आमूल परिवर्तन
११रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा २० जनाको मृत्यु
१२‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
९अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१०पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
मुस्ताङ, १६ वैशाख । मुस्ताङमा पहिलो पटक याकचौरी दिवस, २०८२ विभिन्न कार्यक्रमका साथ मनाइएको छ । सरकारले हिमाली क्षेत्रमापालन गरिने याकचौरी पालकको मागलाई सम्बोधन गर्दै ७ वैशाखलाई राष्ट्रिय दिवस मनाउने मान्यता दिएसँगै मुस्ताङ पनि नौ दिन ढिलोगरी याकचौरी दिवस मनाउन सुरू गरिएको हो ।
मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टेखोलामा मुस्ताङका याकचौरीपालक किसानको सङ्गठित संस्था हिमालयन चौरीपालन तथा संरक्षण समिति मुस्ताङले सोमबार जिल्लामा पहिलो पटक लोपोन्मुख हिमाली याकचौरी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
दिवसलाई भव्यतापूर्वक मनाउन थासाङको घट्टेखोलास्थित याकचौरीको रगत खाने मेलाको सन्दर्भ जोडेर विभिन्न खेलकुद तथा नृत्यलगायत कार्यक्रम समावेश गरी याकचौरी महोत्सव आयोजना गरिएको हिमालयन चौरीपालन तथा संरक्षण समिति मुस्ताङका सचिव सोजन हिराचनले जानकारी दिनुभयो ।
मुस्ताङको थासाङ गाउँपालिकाको आर्थिक सहयोगमा हिमालयन चौरीपालन तथा संरक्षण समितिले याकचौरी पालकलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रमसहित परम्परागत तारा खेल प्रतियोगिता, डोरी तान्ने खेल प्रतियोगिता र नृत्य प्रतियोगिता आयोजना भएको हिमालय चौरीपालन तथा संरक्षण समितिका सचिव हिराचनले उल्लेख गर्नुभयो ।
प्रथम याकचौरी दिवसका अवसरमा लगातार तीन पुस्तासम्म याकनाकपालन गर्दै आएका थासाङका कृष्णलाल भट्टचन र रमेश मगरलाई दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरिएको छ । मुस्ताङमा सदियौँकालदेखि प्रचलनमा रहेको अचम्मको याकको रगत निकाल्ने प्रथालाई जीवन्तता दिँदै आएका आम्ची चन्द्रसिंह मगर, ईन्द्रसिंह मगर, ईन्द्रसिंह शेरचन, सकेन्द्र गौचन, पूर्णप्रसाद गौचन र आम्ची निलप्रसाद गौचनलाई दोसल्ला ओढाएर प्रमाणपत्रद्वारा सम्मान गरिएको हिमालयन चौरीपालन तथा सरक्षण समिति सचिव हिराचनले बताउँनुभयो ।
यसैगरी मुस्ताङमा सबैभन्दा ठूलो याकपालन गर्ने उत्कृष्ट किसानमध्ये थासाङ–५ कुञ्जोका याकचौरीपालक बुद्ध गौचनलाई पनि विशेष सम्मान गरिएको छ । सम्मान उत्कृष्ट पशुपालक किसान गौचनले ८ वर्ष उमेरको जम्बोयाक पालेका छन् । मुस्ताङमा आयोजित प्रथम याकचौरी दिवस तथा महोत्सवअन्तर्गत थासाङ गाउँपालिकाको वडास्तरीय परम्परागत तारा खेल प्रतियोगितामा लेते धम्पु प्रथम, कोवाङ दोस्रो र कुञ्जो तेस्रो भएका छन् । डोरी तान्ने प्रतियोगितामा आयोजक कोवाङ प्रथम दोस्रो स्थान टुकुचे विजेता भएका छन् ।
यसैगरी याकचोरी दिवसको महोत्सवमा नृत्यतर्फ आयोजक कोवाङ र दोस्रो कुञ्जो ताक्लुङ बिजेता बनेको समिति सचिव हिराचनले जानकारी दिनुभयो । यसअघि प्रथम जिल्लास्तरीय याकचौरी दिवसको थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले उद्घाटन गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष गौचनले हिमाली क्षेत्रमापालन गरिने याकचौरीपालन व्यवसाय सङ्कटमा पर्दै गइरहेकाले यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले याकचौरीको सुरक्षा दिगो उपयोगितामार्फत हिमाली क्षेत्रको खाद्य सुरक्षा, जलवायु अनुकुलन, जैविक विविधताको संरक्षण र हिमाली जीवन शैलीको सांस्कृतिक सशक्तीकरणमा योगदान पुर्याउने धारणा राख्नुभयो ।
पछिल्लो समय जलवायु सङ्कटका कारण हिमाली याकचौरीका लागि चरनक्षेत्र र खानीपानीको अभाव हुने गरेको र हिमाली उच्चलेकमा पालन गरिएका याकचौरीलाई वन्यजन्तुको जोखिम बढेको समितिका सचिव सोजन हिराचनले जानकारी दिनुभयो । मुस्ताङका पाँचवटै स्थानीय तहमा गरी चार हजार सात सयको सङ्ख्यामा याकचौरीपालन गरिएको छ । जसमध्ये मुस्ताङको थासाङमा हिमायन चौरीपालन तथा संक्षण उपसमितिका २२ घरधुरीको २२ वटा गोठमा ७ सय भन्द बढी याकचौरीपालन गरिएको छ ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म