
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
म्याग्दी, १६ वैशाख । म्याग्दीका घुम्ती पशुगोठ हिमाली भेगका लेकतर्फ सार्न थालिएको छ । हिउँदयाममा चिसो छल्न र आहाराका लागि बेँसीका फाँटमा ल्याइएका भेडाबाख्रा र गाईभैँसीका गोठ लेकतर्फ लैजान थालिएको हो ।
धवलागिरि गाउँपालिका–१ गुर्जाका किसान नरबहादुर छन्त्यालले बेँसीबाट उकालो लागेका गोठ साउनमा हिमालको फेदीका बुकी पाटनमा पु¥याउने र असोजमा बेँसी झार्ने चलन रहेको बताउनुभयो । “बेशीका फाँटमा बर्खेबाली लगाएपछि हप्ता÷दश दिनको अन्तरमा घुम्ती गोठ सार्दै हिमालतिर जान्छौँ,” उहाँले भन्नुभयो “पाँच हजार मिटर उचाईको बुकी पाटनमा बर्खामा पोषिलो घाँस खुवाएर चिसो बढ्न थालेपछि गोठ बेँसी झार्ने गर्छौँ ।”
छन्त्यालसहित तीन वटा गाईभैँसीको गोठ गुर्जाको लाछाबाङदेखि बुकीमा लैजान लत्रबाङको खर्कमा घुम्ती गोठमा राखिएका छन् । गोठालाले गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ भने लेकका चरन क्षेत्रलाई बुकी पाटन । खर्कमा रहेका ढुङ्गाको पर्खालमा काठ र निगाला तेर्साएर त्रिपाल र पाल राखेर अस्थायी गोठ बनाइन्छ । ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण र धौलागिरि हिमाल आसपासका क्षेत्रमा गोठ लैजाने गरिन्छ । हिमाली क्षेत्रको बुकीको पोषिलो घाँस खाएका पशुचौपाया स्वस्थ्य, बलिया र दूधालु हुने धवलागिरि गाउँपालिका–३ मुनाका लीलबहादुर पुनले बताउनुभयो ।
धवलागिरिको गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ, मल्कवाङ, रघुगङ्गाको कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम, ठाडाखानी, अन्नपूर्णको दोवा, दाना, नारच्याङ, पाउद्वार, शिख, राम्चेका किसानले घुम्ती गोठमा परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले लेकतर्फ लैजानुअघि पशुलाई महामारीविरुद्धको खोप लगाइएको जानकारी दिनुभयो । खोरेत, पिपिआर, भ्यागुते, चरचरे र रेविज रोगबाट पशुलाई बचाउन गण्डकी प्रदेशको पशुमा पूर्ण खोप कार्यक्रममार्फत निःशुल्क खोप लगाइएको उहाँले बताउनुभयो ।
प्रदेश सरकार र स्थानीय तहले घुम्ती गोठ निर्माण गर्न अनुदानका लागि बजेट विनियोजन गरे पनि नीतिगत समस्याका कारण किसानले सुविधा पाउन सकेका छैनन् । लेकाली क्षेत्रमा व्यक्तिगत जग्गा नभएको र सार्वजनिक जग्गामा संरचना बनाउँदा हुने खर्चलाई महालेखापरीक्षक तथा अख्तियार आकर्षित हुने हुँदा बजेट परिचालन हुन नसकेको धवलागिरि गाउँपालिका–३ का वडा अध्यक्ष देवेन्द्र रोकाले बताउनुभयो ।
बँेसीका खेतबारीमा घुम्ती गोठ राखेर जमिनलाई मलिलो बनाउने चलन छ । युवा पुस्ताले बेवास्ता गर्दा र वैदेशिक रोजगारीका कारण घुम्ती गोठमा गरिने पशुपालन सङ्कटमा परेको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीले बताउनुभयो ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा