
१गण्डकी प्रदेशभर एकैसाथ ४६ डाक्टर खटाइयो
२कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
३‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
४पक्राउ परेका सबै पत्रकार रिहा
५पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
६‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
७आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
८ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
९सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
१०नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
११बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
१२करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
दमौली (तनहुँ), ५ वैशाख । जिल्लाका कुमाल समुदाय संस्कृति संरक्षणमा जुटेका छन् । कुमाल समुदायको मौलिक संस्कृति पाउदुरे नाच संरक्षणका लागि कुमाल समुदाय कस्सिएका हुन् ।
जिल्लास्थित भानु, व्यास, शुक्लागण्डकी, भिमाद नगरपालिका र घिरिङ गाउँपालिकामा कुमाल समुदायको बसोबास छ । जिल्लाभर कुमाल समुदायको जनसङ्ख्या आठ हजार ७२७ रहेको कुमाल समाज नेपालका अध्यक्ष आलोक कुमालले जानकारी दिनुभयो । पाउदुरे, हेम्फाई, घाँटु, झ्याउरे, कौराहा आदि मौलिक संस्कृतिले भरिपूर्ण भएको कुमाल समुदायको मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेकाले संरक्षणमा जुटेको कुमालले बताउनुभयो ।
संस्कृति संरक्षण अभियानअन्तर्गत पाउदुरे नाचको पुस्ता हस्तान्तरण गर्न लागिएको उहाँको भनाइ छ । व्यास नगरपालिका–९ कलेस्तीस्थित कुमाल गाउँमा आगामी वैशाख १५ देखि २१ गते पाउदुरे नाच पुस्ता हस्तान्तरणको तयारी गरिएको छ । कुमालले भन्नुभयो, “मौलिक संस्कृति जोगाउनुपर्छ भनेर अहिलेका पुस्तालाई यसका बारेमा जानकारी दिने मुख्य उद्देश्य हो ।”
कुमाल समुदायको मौलिक नृत्य पाउदुरे तनहुँको घिरिङ गाउँपालिका र व्यास नगरपालिकाको कलेस्ती कुमाल गाउँमा विशेष पर्वमा नचाउने गरिन्छ । कुमालका अनुसार यो नाचको आफ्नै छुट्टै विधि भएकाले जहाँ पनि नचाउन सम्भव छैन । उहाँले भन्नुभयो, “यो नाचका विभिन्न चरण हुने गर्दछ । यो गीतको मिठास महसुस गर्नका लागि गहिरिएर सुन्नुपर्छ जसमा रामायण खण्ड र कृष्ण चरित्र खण्डमा रहेर यो नाच नचाइने गरिन्छ ।”
रामायण खण्डमा रामको जन्मदेखि वनवाससम्मको गतिविधिलाई गीतको माध्यमबाट गाउने गरिन्छ र गीतकै पारामा बिजाबारे र मारुनीले नाच्ने गरिन्छ । यसैगरी कृष्ण चरित्र खण्डमा कृष्णका बारेमा गाइने गरिन्छ । गीतको शैली फरक–फरक भएता पनि भाव एउटै हुन्छ ।
घिरिङ गाउँपालिकामा दसैँतिहारका अवसरमा अहिले पनि यो नाच नचाउने गरिन्छ भने व्यासको कलेस्तीको कुमाल गाउँमा भने विस्तारै यो लोप हुने अवस्थामा पुगेको छ । कुमाल समुदायको आर्थिक अवस्था निकै कमजोर रहेको हुँदा आफ्नो परिवार पाल्नका लागि विभिन्न कालखण्डमा खेतीपातीलगायत जागिर, वैदेशिक रोजगारी आदिको सिलसिलामा जीविकोपार्जन गरिरहेको समुदायले खासगरी आफ्नो मौलिक संस्कृतिमा खासै ध्यान दिएको पाइँदैन ।
कुमाल समुदायको मौलिक संस्कृतिलाई उजागर गर्न र युवा पुस्तामा संस्कृति हस्तान्तरण गर्न कार्यक्रमको तयारी गरिएको कुमालको भनाइ छ । उहाँले भन्नुभयो, “संस्कृति संरक्षणका लागि यो कदमले तनहुँमा बसोबास गर्ने कुमाल समुदायको आफ्नो मौलिक संस्कृति पक्कै पनि संरक्षण हुने विश्वास लिइएको छ ।”
कुमाल समुदायको मौलिक संस्कृति संरक्षण र पुस्ता हस्तान्तरणका लागि सामाजिक विकास कार्यालयले सहयोग गरेको कार्यालय प्रमुख विदुरहरि आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कुमाल समुदायको मौलिक संस्कृति संरक्षण गर्न समुदायको बीचमा कार्यक्रम गर्दा उपयुक्त हुने भएकाले कुमाल गाउँमा नै कार्यक्रम तय गरिएको छ ।”
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा