
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
जेनेभा । विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमबार बताउनुभएको छ ।
महामारीले कैयौ महिनादेखि विश्वलाई प्रभावित पार्दै आएको छ र अहिलेसम्म पाँच करोड ४० लाख भन्दा बढी व्यक्ति कोभिड-१९ बाट सङ्क्रमित भएका छन् भने १३ लाखभन्दा बढी व्यक्तिको जीवन गुमिसकेको छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानम घेब्रेयससले भन्नुभयो, “खोप महामारी नियन्त्रणका लागि हामीसँग रहेका अन्य उपायमा एक सहायक भूमिका खेल्ने हो । यसले उनीहरूलाई विस्थापित गर्न सक्दैन । खोप आँफैले मात्र महामारीलाई अन्त्य गर्न सक्दैन ।”
विश्व स्वास्थ्य संगठनको शनिबारको तथ्याङ्क अनुसार विश्वमा गत शुक्रबारको २४ घण्टामा छ लाख ४५ हजार ४१० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र यस पहिलेको सङ्क्रमितको उच्चतम सङ्ख्या नोभेम्बर ७ मा छ लाख १४ हजार १३ पुगेकोमा यो रेकर्ड शुक्रबार तोडिएको हो ।
टेड्रोसले खोपको आपूर्ति सुरुमा नियन्त्रितरूपमा वितरण हुने र यसको प्राथमिकतामा स्वास्थ्यकर्मी, उमेर घर्केका (पाका) व्यक्ति र अन्य जोखिममा रहेको जनसङ्ख्या रहनुपर्ने बताउनुभयो । यसबाट सङ्क्रमितको मृत्युदरमा नियन्त्रण गर्ने र स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउनेमा उहाँले जोड दिनुभयो ।
यसले कोभिड–१९ सङ्क्रमण दरलाई अझै प्रभाबकारीरूपमा नियन्त्रण गर्न कठिनाई हुनसक्छ । अनुगमन र परीक्षण अझै बढाउँदै विरामीलाई समुदायको सम्पर्कबाट टाढा राख्नु र हरेक व्यक्तिले सावधानी अपनाउनु नियन्त्रणको प्रभावकारी एक अर्को उपाय हुन सक्छ । (रासस/एएफपी)