पोखरा, ७ चैत । पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरी घुस रकमसहित शुक्रबार दिउँसो पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले बिहीबार दिउँसो गिरीलाई न्युरोडबाट नियन्त्रणमा लिएको हो ।
उनलाई नगद २५ हजार रुपैयाँसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयका उपसचिव राकेश पाण्डेले बताए ।
पोखरा महानगरपालिकामा अख्तियारसम्बन्धी उजुरीको जवाफ दिने शाखामा कार्यरत उनी आयोगले सोधेका प्रष्टीकरणसँगै प्रश्नहरूको महानगरपालिकाका तर्फबाट उत्तर पठाउने काम गर्थे ।
उपसचिव पाण्डेका अनुसार यही क्रममा उनले अख्तियारमा विभिन्न व्यक्तिको नाममा कृत्रिम उजुरी तयार पारी उजुरी परेको छ भन्दै उनीहरूलाई सम्पर्क गरेर मिलाउन रकम माग्ने गरेका थिए ।