
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
काठमाडौँ, २६ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनमा भूमिका नभएका नेपालजस्ता मुलुकका लागि जलवायु न्यायको विषय हरेक अन्तरराष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी भएको बताउनुभएको छ । भौगर्भिक समाजद्वारा आज सोमबार यहाँ आयोजित सम्मेलनको उद्घाटन गर्दै उहाँले जलवायु न्यायको मुद्दालाई विश्वजगत्मा पु¥याउनुपर्ने बताउनुभयो ।
उहाँले विकसित देशहरूमा भएको अन्धाधुन्ध औद्योगिकीकरण, जीवाश्म इन्धनको दोहन, कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा भूमिका नै नभएका नेपालजस्ता विकासशील एवं अल्पविकसित देशहरू समेत प्रभावित हुनुपरेको सन्दर्भमा जलवायु न्यायको विषयलाई जोडदार रुपमा उठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण, प्राकृतिक प्रकोप तथा व्यवस्थापन जस्ता जल्दाबल्दा विषयले भौगर्भिक सम्मेलनको महत्वलाई बढाएको छ भन्दै राष्ट्रपति पौडेलले मानव जनजीवनसँग प्रत्यक्ष सरोकार रहेको यस किसिमका सम्वेदनशील मुद्दा सम्बोधनका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा सहयोग र सहकार्य हुनुपर्ने खाँचो औँल्याउनुभयो ।
राष्ट्रपति पौडेलले पृथ्वीको तापक्रम अस्वभाविक रुपमा वृद्धि भइरहेको सन्दर्भ उल्लेख गर्दैै तीन दशकयताको यस अवधिमा हाम्रा हिमालका हिउँ पग्लिएर हिमतालहरू फुट्ने अवस्थामा पुगेको, अधिकांश हिमाल नाङ्गा पहाडमा रुपान्तरण हुनेक्रममा रहेको, अधिक वर्षाका कारण जलप्रकोप, पहिरो र भूक्षयबाट बर्सेनि जनधनको ठूलो क्षति भइरहेको भनी चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले हिमालय पर्वत शृङ्खलामा बेलाबेलामा गइरहने भूकम्प पनि हिमाली मुलुक नेपालको विकास निर्माणका लागि समस्याका रूपमा रहेको बताउँदै केही प्राकृतिक प्रकोपहरूको पूर्वानुमान गर्न सकिने भए पनि भूकम्पसम्बन्धी पूर्वानुमान गर्न सकिने संयन्त्रको आविष्कार हुन नसक्दा समस्या सिर्जना भएको धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रपति पौडेलले सम्मेलनमा नेपालका खानी तथा खनिजजन्य पदार्थको स्थिति, अन्वेषणको अवस्था, जलवायु परिवर्त र त्यसको प्रभाव, भौतिक पूर्वाधारको विकासमा भू–विज्ञानको प्रयोगका बारेमा विचारविमर्श हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्राकृतिक स्रोतको उत्खनन, सदुपयोग र बजार व्यवस्थापनका लागि लगानीकर्ताको ध्यान आकर्षण गर्न समेत भौगर्भिक सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, “२०७२ सालको गार्खा भूकम्प गएको एक दशक पुग्न लागेको पूर्वसन्ध्यामा त्यसको समीक्षा समेत गरिने भएकाले यो भौगर्भिक सम्मेलनको विशेष महत्व छ, सम्मेलन सफलताका कामना गर्दछु ।”
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ