
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, २४ फागुन । र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा ‘वैकल्पिक अर्थतन्त्र’ माथि बहस चलाएको छ ।
प्रसिद्ध अर्थ–राजनीतिक विश्लेषक हरि रोकाको पहिलो कृति ‘वैकल्पिक अर्थतन्त्र’ मा केन्द्रित रहेर सञ्चालन गरिएको बहसमा अर्थशास्त्री प्रा. डा. लेखनाथ भट्टराईले अवधारणापत्र प्रस्तुत गरेका थिए ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा डा. भट्टराईले वैकल्पिक आर्थिक विकास र व्यवस्थाबारेका अर्थराजनीतिक आयामहरूमाथिको सैद्धान्तिक–वैचारिक तथा व्यावहारिक पक्षहरूको विश्लेषण गरिएको बताए । ‘बजार अर्थतन्त्र, राज्यको भूमिका र योजना प्रणाली सम्बन्धमा शास्त्रीय, नवशस्त्रीय माक्र्सवादी किन्सियन विचारधारात्मक पक्ष–विपक्षका तर्कहरूको विहङ्गम समालोचनात्मक परिचर्चा पुस्तकमा समेटिएको छ ।’ उनले भने, ‘आधारभूत तथा समसामयिक अर्थ साहित्यहरूको गहन अध्ययन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिघटना र तथ्याङ्कको गम्भीर विश्लेषण गरिएको छ ।’
पुस्तकले नवउदारवादी दृष्टिकोणमा पूर्ण खुला बजार अर्थतन्त्र र समाजवादी दृष्टिकोणका आधारमा पूर्ण राजकीय स्वामित्व र नियन्त्रणको अर्थतन्त्र नेपाल जस्ता मुलुकको विकासको मोडल हुन नसक्ने विचार प्रस्तुत गरेको उनको विश्लेषण थियो । व्यापक बहस र विमर्शका आधारमा देशभित्र बहुपक्षीय सहमति जुटाएर वैकल्पिक अर्थतन्त्रको खाका निर्माण गर्नु जरुरी भएको भन्दै भट्टराईले अन्य देशको विकास मोडल र रणनीतिहरू जस्ताको तस्तै नक्कल गरेर नेपालमा कृषिको रूपान्तरण, औद्यौगिकीकरण, वित्तीय विकास, संरचनागत परिवर्तन र दिगो विकास सम्भव नभएकोतर्फ कृतिले ध्यानाकर्षण गराएको बताए ।
लेखक हरि रोकाले लेखकले प्रश्न मात्रै उठाउने होइन, समाधान पनि दिन सक्नुपर्ने विचारले किताब लेखेको बताए । पैसाले मनिसलाई नोकर होइन, मानिसले पैसालाई नोकर बनाउनुपर्नेमा जोड दिँदै रोकाले बजारलाई नियमन गर्न सकिएन भने आर्थिक सङ्कट आउने बताए ।
अर्थतन्त्रसम्बन्धी सैद्धान्तिक, त्यससम्बन्धी आफ्नो अनुभव र आगामी दिनमा के गर्न सकिन्छ भन्ने तीन कुरा कृतिमा समेटिएको उनले जानकारी दिए । हामीले कृषिलाई संस्कारकै रूपमा अघि बढाउने हो भने आर्थिक उन्नतिमा धेरै समय नलाग्ने बताउँदै उनले औद्योगिकीकरणको परिभाषा र व्यवहार नै परिर्तन गर्नुपर्नेमो उनको जोड थियो । इतिहासमा भएको जस्तो सामन्ती अन्यायबिना नै गाउँ खाली हुनु दुःखद भएको उनले बताए । कृति बेला पब्लिकेसनले बजारमा ल्याएको हो ।
कार्यक्रममा अर्जुन पोखरेल, डा. लक्ष्मीशरण अधिकारी, भरतमणि भट्टराई, डा. श्रीकान्त खतिवडा, दीपेन्द्र बस्ताकोटी, डा. कपिल अधिकारी, लीलाराज लोहनी, गेहेन्द्रेश्वर कोइराला, गोविन्द केसी, दुर्गाबहादुर शाह ‘बाबा’, ध्रुव केसी, विमला तिमिल्सिनालगायतले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सहसचिव दीपक पराजुलीले गरेका थिए ।
सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ ।