
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा, २० फागुन । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सञ्चालन गर्ने भएको छ । एयरलाइन्सले आगामी चैत १८ देखि पोखराबाट ल्हासा उडान सुरु गर्ने जनाएको हो । सो उडान हुने घोषणासँगै यहाँका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
पोखरालाई अन्तरराष्ट्रियस्तरमा थप परिचित गराउने उद्देश्यसहित सुरु गरिने यो उडानले चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष बितिसक्दा पनि व्यावसायिक उडानले निरन्तरता पाउन सकेको छैन । यस्तो अवस्थामा हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सञ्चालन गर्दा चिनियाँ पर्यटक भित्रिने आशा जागेको व्यवसायीहरुको प्रतिक्रिया छ ।
“पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुँदा व्यवसायीहरूमा ठूलो आशा थियो, तर अपेक्षाकृत अन्तरराष्ट्रिय उडान नहुँदा त्यो उत्साह केही अधुरो भएको थियो, अब भने पोखराबाट चीनको ल्हासासम्म उडान सञ्चालन हुने खबरले पर्यटन क्षेत्रमा नयाँ आशा जागेको छ”, होटेल सङ्घका केन्द्रीय सदस्य भरतराज पराजुलीले भन्नुभयो, “यसले विशेषगरी चिनियाँ पर्यटकको आगमन बढाउने मात्र होइन, पोखरालाई अन्तरराष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।” उहाँले उडानसँगै नेपालले प्रभावकारी रणनीति अपनाएर चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि गर्न सकिने बताउनुभयो ।
रेष्टुरेन्ट एन्ड बार एसोसिएसन रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल पोखरा भ्रमण वर्ष २०२५ घोषणासँगै हुन लागेको यो उडानले पोखरामा चिनियाँ पर्यटक भित्र्याउन बाटो खुल्ने बताउनुहुन्छ । “यो उडानले चिनियाँ पर्यटकको आगमन बढाएर स्थानीय पर्यटन व्यवसायलाई मजबुत बनाउने मात्र होइन, पोखरालाई दक्षिण एसियाकै प्रमुख पर्यटन केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्नेछ”, पौडेलले भन्नुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले पोखरा–ल्हासा उडान पोखराको पर्यटन प्रवर्द्धनका लागि ठूलो उपलब्धि हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यसले नेपाल–चीनबीचको पर्यटन सम्बन्धलाई मजबुत बनाउने र चिनियाँ पर्यटकलाई सहज यात्रा अनुभव प्रदान गर्नेछ ।”
लामिछानेका अनुसार नेपालमा चिनियाँ पर्यटकहरूको सङ्ख्या कोभिड–१९ अघि उच्च विन्दुमा थियो । २०१९ मा एक लाख ६९ हजार ५४३ चिनियाँ पर्यटक नेपाल आएका थिए । कोभिड महामारीपछि उक्त सङ्ख्या घटे पनि पछिल्लो समय सुधार हुँदै गएको छ । २०२३ मा करिब एक लाख चिनियाँ पर्यटक नेपाल आएका थिए । पोखरा ल्हासाको पहिलो उडानमा पोखराबाट पोखरा महानगरपालिकाको अगुवाइमा पर्यटन व्यवसायीसहित विभिन्न क्षेत्रका १२७ जनाले उडान भर्नेछन् भने चीनबाट करिब एक हजार पर्यटक पोखरा आउने तयारीमा रहेको जनाइएको छ ।
हिमालय एयरलाइन्सका प्रवक्ता विजय श्रेष्ठका अनुसार सुरुआती चरणमा हप्तामा एकपटक उडान हुनेछ, मागअनुसार उडान क्रमशः वृद्धि गरिने छ । हिमालय एयरलाइन्सको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान भर्ने र नेपालमा वार्षिक १० लाख चिनिँया पर्यटक भित्र्याउने रहेको श्रेष्ठको भनाइ छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान