
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा, ३ फागुन । नेपालमा उच्च पर्वतीय ट्रेनिङ सेन्टरको स्थापनामा सघाउने उद्देश्यले नेपाल रन युकेले ‘सेभेन सेभेन सेभेन नेपाल म्याराथन च्यालेञ्ज’ आज शनिबारदेखि सुरु गरेको छ ।
बेलायतमा हरेक वर्ष ‘नर्थल्ट १० के रन’ गर्दै आएको उक्त संस्थाले नेपालका सात प्रदेशमा सात दिनमा सात म्याराथन सम्पन्न गर्ने गरी सो कार्यक्रम सुरु गरेको हो ।
पोखरामा आज शनिबार आयोजना गरिएको पोखरा अन्तरराष्ट्रिय म्याराथनबाट सुरु भएको यो कार्यक्रम आगामी फागुन १० गते धरानमा पुगेर समापन हुनेछ ।
“आज शनिबार हामी पोखरा म्याराथन दौडियौँ । भोली बुटबलमा दौडिने छौँ । यसरी सात दिनमा धरानमा पुगेर सातै प्रदेशको सम्पन्न गर्नेछौँ”, आयोजक संस्थाका सदस्य पृथ्वी खड्काले भन्नुभयो । उहाँका अनुसार सातै प्रदेशको म्याराथनमा गरी धावकहरूले दुई सय ९६ किमी दौडने छन् ।
खड्काले भन्नुभयो, “नेपालमा पहिलो पटक यस किसिमको कार्यक्रम ल्याउनुको उद्देश्य खेलका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नु हो । नेपालको पर्वतारोहण र पदयात्राका लागि केही गर्न सकिन्छ भनेर लागिपरेका छौँ । छ घण्टामा म्याराथन भ्याउनुपर्ने बाध्यता छ । नभ्याए उहाँहरूले मेडल पाउनुहुँदैन ।”
म्याराथनको आम्दानीबाट जुम्लामा निर्माणाधीन हाइअल्टिच्युड ट्रेनिङ क्याम्पका लागि सहयोग गरिने खड्काले जानकारी दिनुभयो । “बेलायतमा नेपाली समुदायमा स्वास्थ्य सचेतना र नेपालका खेलाडीको आर्थिक सहयोगमा समर्पित यस संस्थाले ‘सेभेन म्यारान च्यालेन्ज इन’ गरेको हो । यो एउटा ‘च्यारिटी इभेन्ट’ हो, म्याराथनका लागि विभिन्न सहयोगदाताबाट प्राप्त हुने आम्दानीबाट बचत भएको रकम नेपालको खेलकुद विकासमा खर्च गर्नेछौँ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार आज गण्डकी प्रदेशमा पोखरा म्याराथन, फेब्रुअरी १६ मा लुम्बिनीको बुटवलमा, फेब्रुअरी १७ मा सुदूरपश्चिमको धनगढीमा, फेब्रुअरी १८ मा कर्णालीको सुर्खेतमा, फेब्रुअरी १९ मा बागमतीको हेटौँडामा, फेब्रुअरी २० मा मधेशको जनकपुरमा र फेब्रुअरी २१ मा कोशीको धरानमा एकसाथ म्याराथन र हाफ म्याराथन हुनेछ ।
प्रत्येक दिनका दौडहरूमा राजन खत्री नेतृत्वको एथ्लेटिक्स परिवार नेपालले व्यवस्थापन तथा सहयोगी भूमिका निर्वाह गर्ने र प्रत्येक प्रदेशमा स्थानीय सङ्घसंस्थाले सहयोग गर्ने उहाँको भनाइ छ । म्याराथनमा बेलायतबाट सन्तोष राई, रुदेन भुटिया, पृथ्वी खड्का, पाण्डे महतो र नेपालबाट सफल लामा, अर्जुन कुलुङ र विक्रम खनाल सहभागी हुनुहुन्छ ।
यसैगरी, हाफ म्याराथनमा नेपालबाट सङ्गीता थापा, रमेश शाक्य, दीपककुमार रञ्जित, बहादुर तामाङ र राकेश महर्जन हुनुहुन्छ । यसमा बेलायतबाट होमा पुन र मकाउबाट सुवास भुजेल हुनुहुन्छ ।
“पोखरामा पहिलो पटक दौडन पाउँदा खुसी लाग्यो । बच्चाहरू पनि उत्साहसहित सहभागी हुनुभयो । यसमा छिटो सकाएर छिटो जित्ने भन्ने हुँदैन, छ घण्टामा सकाएर अर्को प्रदेशमा गएर छ घण्टामा सम्पन्न गर्नुपर्दछ त्यसैले चुनौतीपूर्ण छ”, खड्काले भन्नुभयो ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान