
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
७प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
८अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
९प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरा, ३ फागुन । नेपालमा उच्च पर्वतीय ट्रेनिङ सेन्टरको स्थापनामा सघाउने उद्देश्यले नेपाल रन युकेले ‘सेभेन सेभेन सेभेन नेपाल म्याराथन च्यालेञ्ज’ आज शनिबारदेखि सुरु गरेको छ ।
बेलायतमा हरेक वर्ष ‘नर्थल्ट १० के रन’ गर्दै आएको उक्त संस्थाले नेपालका सात प्रदेशमा सात दिनमा सात म्याराथन सम्पन्न गर्ने गरी सो कार्यक्रम सुरु गरेको हो ।
पोखरामा आज शनिबार आयोजना गरिएको पोखरा अन्तरराष्ट्रिय म्याराथनबाट सुरु भएको यो कार्यक्रम आगामी फागुन १० गते धरानमा पुगेर समापन हुनेछ ।
“आज शनिबार हामी पोखरा म्याराथन दौडियौँ । भोली बुटबलमा दौडिने छौँ । यसरी सात दिनमा धरानमा पुगेर सातै प्रदेशको सम्पन्न गर्नेछौँ”, आयोजक संस्थाका सदस्य पृथ्वी खड्काले भन्नुभयो । उहाँका अनुसार सातै प्रदेशको म्याराथनमा गरी धावकहरूले दुई सय ९६ किमी दौडने छन् ।
खड्काले भन्नुभयो, “नेपालमा पहिलो पटक यस किसिमको कार्यक्रम ल्याउनुको उद्देश्य खेलका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नु हो । नेपालको पर्वतारोहण र पदयात्राका लागि केही गर्न सकिन्छ भनेर लागिपरेका छौँ । छ घण्टामा म्याराथन भ्याउनुपर्ने बाध्यता छ । नभ्याए उहाँहरूले मेडल पाउनुहुँदैन ।”
म्याराथनको आम्दानीबाट जुम्लामा निर्माणाधीन हाइअल्टिच्युड ट्रेनिङ क्याम्पका लागि सहयोग गरिने खड्काले जानकारी दिनुभयो । “बेलायतमा नेपाली समुदायमा स्वास्थ्य सचेतना र नेपालका खेलाडीको आर्थिक सहयोगमा समर्पित यस संस्थाले ‘सेभेन म्यारान च्यालेन्ज इन’ गरेको हो । यो एउटा ‘च्यारिटी इभेन्ट’ हो, म्याराथनका लागि विभिन्न सहयोगदाताबाट प्राप्त हुने आम्दानीबाट बचत भएको रकम नेपालको खेलकुद विकासमा खर्च गर्नेछौँ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार आज गण्डकी प्रदेशमा पोखरा म्याराथन, फेब्रुअरी १६ मा लुम्बिनीको बुटवलमा, फेब्रुअरी १७ मा सुदूरपश्चिमको धनगढीमा, फेब्रुअरी १८ मा कर्णालीको सुर्खेतमा, फेब्रुअरी १९ मा बागमतीको हेटौँडामा, फेब्रुअरी २० मा मधेशको जनकपुरमा र फेब्रुअरी २१ मा कोशीको धरानमा एकसाथ म्याराथन र हाफ म्याराथन हुनेछ ।
प्रत्येक दिनका दौडहरूमा राजन खत्री नेतृत्वको एथ्लेटिक्स परिवार नेपालले व्यवस्थापन तथा सहयोगी भूमिका निर्वाह गर्ने र प्रत्येक प्रदेशमा स्थानीय सङ्घसंस्थाले सहयोग गर्ने उहाँको भनाइ छ । म्याराथनमा बेलायतबाट सन्तोष राई, रुदेन भुटिया, पृथ्वी खड्का, पाण्डे महतो र नेपालबाट सफल लामा, अर्जुन कुलुङ र विक्रम खनाल सहभागी हुनुहुन्छ ।
यसैगरी, हाफ म्याराथनमा नेपालबाट सङ्गीता थापा, रमेश शाक्य, दीपककुमार रञ्जित, बहादुर तामाङ र राकेश महर्जन हुनुहुन्छ । यसमा बेलायतबाट होमा पुन र मकाउबाट सुवास भुजेल हुनुहुन्छ ।
“पोखरामा पहिलो पटक दौडन पाउँदा खुसी लाग्यो । बच्चाहरू पनि उत्साहसहित सहभागी हुनुभयो । यसमा छिटो सकाएर छिटो जित्ने भन्ने हुँदैन, छ घण्टामा सकाएर अर्को प्रदेशमा गएर छ घण्टामा सम्पन्न गर्नुपर्दछ त्यसैले चुनौतीपूर्ण छ”, खड्काले भन्नुभयो ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु