News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद समाचार

२४ औँ माछापुच्छ्रे फुलकन्ट्रयाक कराँते प्रतियोगिताको तयारी तिव्र

पोखरा, १६ पुस । नेपाल क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा पोखराको ढुङ्गेसाघु मेलामा २४ औँ माछापुच्छ्रे फुलकन्ट्रयाक कराँते तथा छठौं क्योकुशिन कान कराँते प्रतियोगिता हुने भएको छ । पुष २९ गते पोखरा रंगशाला र माघ १ मेलामा हुने प्रतियोगितामा नेपाल भरीबाट करिब तीनसय खेलाडीले भाग लिने छन् ।

महिला पुरुष तर्फ ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी र खुल्ला तौल समूहमा प्रतिशप्रधा हुने नेपाल क्योकुशिन कान कराँते संघ कास्कीका अध्यक्ष लक्ष्मण कुँवरले जानकारी दिए ।

प्रगियोगितामा पहिलो दोस्रो र तेस्रो हुने खेलाडीलाइ सिल्ड मेडल र प्रमाणपत्रले सम्मान गरिने संघका सचिव निर्मल बहादुर केसीले जानकारी दिए । उत्कृष्ट खेलाडीलाई सम्मान गरिने छ । प्रतियोगिता सम्पन्न गर्नको लागि ८ लाख लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्ने कुँवरले जानकारी दिए ।

प्रतियोगिताले खेलाडी क्षमता बढाउने र खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्देश्य राखिएको छ ।